३० औं वार्षिकोत्सवमा एभरेष्ट बैंकद्वारा चाइल्ड हेल्थ अस्पताललाई एक करोड सहयोग

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई एक करोड रुपैयाँकाे आर्थिक सहयोग गरेकाे छ । बैंकले ३० औं वार्षिकोत्सवकाे अवसरमा आर्थिक सहयाेग गरेकाे जानकारी दिएकाे छ । एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरूपमा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरे । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएकाे  छ ।

साे अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीकाे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन्। बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा कदर पत्रसमेत वितरण गरिएको छ । करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू र १६७ एटीएम मेसिन रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भदौमा बैंक तथा वित्तिय संस्थाको खुद मुनाफा २० अर्ब, नबिल र मुक्तिनाथ अगाडि

काठमाडौं । भदौमा बैंक तथा वित्तीय संस्थाहरूले कूल २० अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यस अवधिमा प्रमुख बैंकहरूमध्ये नबिल बैंक, विकास बैंकहरूमा मुक्तिनाथ, र फाइनान्स कम्पनीहरूमा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले अग्रस्थान ओगटेका छन् ।

प्रतिकृया दिनुहॊस