ग्यालेक्सी एस२४ एफईको साथ सामसङले पु¥यायो ग्यालेक्सी एआईको प्रिमियम अनुभव अझ बढी प्रयोगकर्ताहरूको हातमा

काठमाडाै । एआई–बाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषताहरु तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस२४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव अव अझ धेरै प्रयोगकर्ताहरूले पाउनेछन् । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ, जुनद्वारा अझै धेरै प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्ने छन्।
एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिन्छ । ६.७ इन्चको डायनामिक एमोलेड २ह डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री, र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेटको साथमा यो गेमिङका लागि एक उत्तम उपकरण बनेको छ । ग्यालेक्सी एस२४ एफईले प्रिमियम ग्यालेक्सी एआई र इकोसिस्टम कनेक्तिभिती प्रदान गरी सञ्चार, उत्पादकता र रचनात्मकता बढाउँछ – जुन सबै एक प्रतिष्ठित डिजाइनमा र शक्तिशाली सामसङ नोक्सको सुरक्षाको साथ आउँछ ।
एआई–इनहान्स्द क्यामेरा र एदितिंगको साथ रचनात्मकताको द्वार खोल्नुहोस्
दृश्य गुणस्तरलाई अविश्वसनीय उचाइहरूमा लग्नको लागि सामसङको डायनामिक एआई–संचालित क्यामेरा इन्जिन, प्रोभिजुअल इन्जिनले क्यामेरा सिस्टमको क्षमताहरू अझ धेरै बढाएको छ । एफई सिरिजमा पहिलो पटक आएको प्रोभिजुअल इन्जिनले धेरै सुधारिएको टेक्नोलोजीको सुविधा दिन्छ जसले आश्चर्यजनक विवरण र उल्लेखनीय रूपमा सुक्ष्म बनावटहरू प्रदान गर्न उन्नत एआई एल्गोरिदमहरूको लाभ उठाउँछ ।
एआई छवि सङ्केत प्रशोधन (क्ष्क्ए) को साथ नाइटग्राफीले कम प्रकाश प्रदर्शनमा सुधार गर्न, सुन्दर नाइट पोर्त्रेटहरू लिने क्षमता दिन्छ ।
अप्टिकल ३ जुमको अतिरिक्त २ बाट जुम स्तरहरूमा अप्टिकल–गुणस्तरको पर्फर्मेन्स दिन वाइड क्यामेराको ५०एमपी एडप्टिभ पिक्सेल सेन्सरसँग काम गर्दछ । एआई जुमले डिजिटल जुम लम्बाइहरू बिचको दूरीमा परिष्कृत छवि गुणस्तर पनि प्रदान गर्दछ । एडिट गर्नुपर्दा, फोटो असिस्ट सुविधाको सोचहरूलाई जीवन्त बनाई दिन्छ । ग्यालेक्सी एस२४ सिरिजका डिभाइसहरूसँग यसको परिचय भएदेखि, ग्यालेक्सी एआई इमेजहरू एडित गर्न र रचनात्मकता व्यक्त गर्नको लागि अमुल्य भएको कम्छपनीले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

शर्ट सर्किटको कारण SERES विद्युतीय सवारीमा धुवाँ निस्कियो

काठमाडौं । सोमबार एक SERES ब्राण्डको विद्युतीय सवारीसाधन (EV) मा प्राविधिक खराबीका कारण शर्ट सर्किट …

प्रतिकृया दिनुहॊस