गरिमा विकास बैंकको नाफा ५३ प्रतिशतले बृद्धि

काठमाडौं । गरिमा विकास बैंकको नाफा ५३ दशमलब १५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्ममा आफ्नो नाफा ११ करोड ८९ लाखले बढाएर ३४ करोड २६ लाख पुर्याएको हो ।

बैंकले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासिकसम्ममा जम्मा २२ करोड ३७ लाख नाफा कमाउन सफल भएको थियो ।२ अर्ब २० करोड चुक्ता पुँजी रहेको गरिमाको जगेडा कोषमा ६२ करोड रुपैंयाँ रहेको छ ।

बैंकले १४ अर्ब ५१ करोड निक्षेप संकलन गरेर १२ अर्ब ९९ करोड कर्जा लगानी गरेको छ । खराब कर्जा शुन्य दशमलब २४ प्रतिशत मात्रै रहेको बैंकको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ५५ पैसा छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

टीभीएसको बाइक खरिदमा साहले जिते १० लाख

काठमाडौँ । टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु.१० लाख ५ हजार …

प्रतिकृया दिनुहॊस