ग्लोवल आइएमई बैंकले कमायो एक वर्षमै २ अर्ब

काठमाडौं । ग्लोवल आइएमई बैंकले एक वर्षमै २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ ।

यो बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ६५ करोड ५९ लाख रुपैयाँले बढी हो ।

यो बैंकले गरको नाफा गत आर्थिक वर्षको तुलनामा ४७ दशमलव ५५ प्रतिशतले बढी हो । यो बैंकले गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँ मात्रै यस्तो नाफा गरेको थियो ।

बैंकले असार मसान्तसम्ममा संचित कोषमा ४ अर्ब ९ करोड रुपैयाँ जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको सेयर पुँजी ८ अर्ब ८ करोड रुपैयाँ छ ।

बैंकले असार मसान्तसम्ममा निक्षेप १ खर्ब १ अर्ब ९१ करोड रुपैयाँ संकलन गरेको छ भने ८० अर्ब ८१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।

यो बैंकले हालसम्म १६ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात १ दशमलव ५७ प्रतिशत रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस