नेपाल बंगलादेश बैंकको नाफा २२ करोड

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा वृद्धि गरेको छ । बैंकले नाफामा  ४३ प्रतिशतले वृद्धि गरी खुद नाफा २२ करोड पुर्याएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही समयमा नाफाको यो आकार १५ करोड ४० लाख थियो । यो प्रतिशेयर १४।९३ रुपैंया हो । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा दोब्बरभन्दा बढी पुर्याएर ३४ करोडबाट ६९ करोड पुर्याएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेप १ अर्बले घटाएको बैंकले तथा कर्जाको आकार भने करिब ५ अर्बले बढेको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात १३।६५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १।५५ प्रतिशत, कुल लगानी कोषको लागत ७।४३ प्रतिशत, आधार ब्याजदर १०।८४ प्रतिशत छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस