प्रभु लाइफ इन्स्योरेन्सका पाँच नयाँ शाखा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले  एकै साथ आफ्ना नयाँ पाँच  शाखा  कार्यालयहरु संचालनमा ल्याएको छ ।  महेन्द्रनगर शाखा कार्यालय, बेलौरी शाखा कार्यालय, लम्की शाखा कार्यालय, फिदिम शाखा कार्यालय तथा ईलाम शाखा कार्यालयहरुको एकैसाथ  साथ शुभारम्भ गरी कारोबार सुरु गरेको हो ।

प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमाबजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ।

कंचनपुर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले एक कार्यक्रमकाबीच महेन्द्रनगर शाखा कार्यालय, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्की शाखाकार्यालय,७ नं. प्रदेशका सभासद कुलवीर चौधरीले बेलौरी शाखाकार्यालय,फिदिमजिल्ला समन्वय समितिका प्रमुख बिष्णु प्रसाद सापकोटाले फिदिम शाखाकार्यालय तथा प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा ईलामजिल्ला समन्वय समितिका संयोजक गणेश बरालले संयूक्त रुपमा ईलाम शाखा कार्यालयको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री