महालक्ष्मी विकास बैंकको शाखा पोखरा, पर्सा र विरगंज

काठमाडौं । महालक्ष्मी विकास बैंकको कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा नं १२, स्थित, श्रीपुर शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

सिसुवा शाखाको समुद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले दीप प्रज्वलनका साथ गर्नुभएको थियो भने श्रीपुर शाखाको समुद्घाटन विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले गर्नुभएको थियो ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछाने, सञ्चालक  श्याम सुन्दर रुगंटा तथा वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको पनि उपस्थिति रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यलयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

साथै वहाँले कार्यक्रममा बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ ।

महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २६ अर्ब ३४ करोड निक्षेप संकलन गरी रु. २२ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ ।

मिति २०७५।०६।१७

तपाईंको प्रतिकृया

लेखकबाट थप