नेपाल बैंकको चिपबेस्ड भिसा डेविट कार्ड, वार्षिकोत्सवको अवसरमा निःशूल्क वितरण

काठमाडौं । नेपाल बैंक लिमिटेडले  आफ्नो ८२औँ वार्षिकोत्सवका उपलक्षमा आफ्ना ग्राहकलाई थप सुविधा उपलव्ध गराउने क्रममा चिप बेस्ड भिसा डेविट कार्ड संचालनमा ल्याएको छ ।

असोज १५ गतेबाट संचालनमा ल्याईएको यो कार्ड बैंकको ८२ औँ वार्षिकोत्सव आगामी कार्तिक ३० गतेसम्म ग्राहकलाई निःशुल्क जारी गरिने छ ।  यो कार्डमा एटिएम आउटलेट र प्वाईन्ट अफ सेल्स (पिओएस) मेसिनबाट भुक्तानी लिन र दिन सकिने  छन् ।

बढी सुरक्षित र भुक्तानी लेनदेनमा सहजता रहेको यस सेवाबाट देशको दुरदराजदेखि सुगमका नेपाल बैक लिमिटेडका लाखौं ग्राहक लाभान्वित हुने विश्वास बैंकले  लिईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री