छात्रामाथि दुर्व्यवहारको आरोपमा रौतहटमा शिक्षक कुटिए, अवस्था तनावग्रस्त

रौतहटको यमुनामाई गाउँपालिका ४ स्थित जनता माध्यमिक विद्यालयका छात्रालाई दुर्व्यवहारको आरोपमा विद्यार्थीले शिक्षकलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । अभिभावकसहित आएर विद्यालय घेराउ गरेर ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हाे । कक्षा ५ मा अध्ययनरत एक छात्रालाई शिक्षक विजय सिंहले दुर्व्यवहार गरेको विद्यार्थीहरूको आरोप छ । शिक्षक सिंहलाई विद्यार्थीले नियन्त्रणमा लिएर कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले शिक्षक सिंहलाई उद्धार गर्ने क्रममा विद्यार्थी र अभिभावकले ढुंगामुढा प्रहार गरेका थिए । हाल शिक्षक सिंहलाई प्रहरी सुरक्षा घेरामा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री