नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लाग्ने, अश्लिल सामग्री ब्लक

काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको वताएकाे छ । यस्ताे निर्देशन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन दिएको छ । 

प्रकाशित विज्ञप्तिमा इन्टरनेतमार्फत यौनजन्य अश्लिल सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता तथा समाजिक सद्भावमा खलल पुगेको दावी समेत गरिएको छ । यसले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको ठहर सरकारको छ ।

सरकारले अश्लिल सामग्रीको इन्टरनेटका माध्यमबाट आदान-प्रदान, प्रकाशन, प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्तामा अपील गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हाउसफुल चलिरहेका २० हलबाट उतारियो ‘पूर्णबहादुरको सारंगी’

काठमाडौं । अहिले शानदार प्रदर्शन भइरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ देशभरका २० सिनेमा घरहरूमा फिल्म हटाउने भएको छ । निर्माण पक्षले मोफसलका २० हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ आजदेखि प्रदर्शन नहुने जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस