ट्रयाक्टर दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडाै ।  ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक  ट्रयाक्टर दुर्घटनामा परी ४ जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला–५ काम्सङ बस्ने ३१ वर्षीय ट्रयाक्टर चालक पासाङ शेर्पा, २४ वर्षीय फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीय लाकी शेर्पाको निधन भएको हाे ।

उनीहरू सबैको घटनास्थलमा नै निधन भएको हो । ट्रयाक्टर सडकबाट करीब २०० मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्रयाक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेसनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य २ जना समेत घरतर्फ फर्किने क्रममा ट्रयाक्टरमा थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप