काठमाण्डौ । सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । नेता सिंहले कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिएका छन् । क्षेत्र नं १ अन्तर्गतको प्रदेश तथा समानुपातिक उम्मेदवार सहभागी पत्रकार सम्मेलनमा नेता सिंहले आफ्नो उम्मेदवारी क्षेत्रको जनताको चाहनाकै कारण भएको जानकारी दिएका छन् ।
“म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ । त्यसैले क्षेत्रमा विकास गर्नेसँगै केन्द्रमा प्रभाव पार्ने उम्मेदवार म हुँ”, उनले धारणा राखे । “संविधान कांग्रेसकै नेतृत्वमा बन्यो । त्यसलाई संस्थागत पनि हामीले ग¥र्यौँ । हामीले विकासका लागि तयार गरेको अवाधारणालाई अगाडि बढाउन कांग्रेससहितको गठबन्धनलाइ मतदान गर्न आग्रह गर्दछु”लाई , उनले थपे ।
मुलुकमा सङ्घीयता दिलाउने, प्रदेश र स्थानीय तहको सुनिश्चित गर्ने लगायतको काममा आफ्नो सक्रिय सहभागिता रहने भन्दै “शिक्षालाई गुणस्तरीय बनाएर निजीसँग प्रतिस्पर्धा गर्न योग्य बनाउने, वडामै स्वास्थ्य परीक्षण गर्ने ल्याबको व्यवस्था गर्ने, रोजगारीको सिर्जना गर्नेलगायतका धेरै अठोट लिएर भोट माग्न आउँदै छु”, नेता सिंहले आफ्नाे चुनावी तयारी सुनाए ।
आयाेजित पत्रकार सम्मेलनमा नेता सिंहसँगै प्रदेशसभातर्फका उम्मेदवार क्षेत्र नंं १ (क) का उम्मेदवार दीपेन्द्र श्रेष्ठ, (ख) का उम्मेदवार सुरजचन्द्र लामिछाने, समानुपातिकतर्फका उम्मेदवार लिलेन्द्रप्रसाद प्रधान, प्रबल थापा र शान्ता ढकाल उपस्थित थिए ।




