५ वर्ष अगाडीको नगद लाभांश लिन आउन सिभिल बैंकको आग्रह

सिभिल बैंकले नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आउँन आग्रह गरेको छ।बैंकले साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी र युनिक फाइनान्सका केही शेयरधनीहरुले नगद लाभांश लिन बाँकी रहेकोले नगद लाभांश लिन आउनका लागि आग्रह गरेको हो ।

बैंकले विगत ५ वर्ष भन्दा पहिलादेखीको नगद लाभांश संकलन गर्न बाँकी रहेका शेयरधनीहरुलाई लाभांशहरु बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटलको कार्यालय सिभिल ट्रेड सेन्टर सुन्धारा काठमाण्डौमा सम्पर्क गरी भुक्तानी लिन आउनका लागि आग्रह गरेको छ। भुक्तानी लिन बाँकी रहेका लाभांशको विवरण बैंकको वेवसाइटबाट डाउनलोड गरी हेर्न सकिने बैंकले जानकारी दिएकाे छ। सूचना प्रकाशित मितिले ३० दिनसम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३ (६) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले उल्लेख गरेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप