साफकप २०१८ को प्रत्यक्ष प्रशारण एक्शन स्पोर्ट्स एचडिमा

काठमाडाै ।  नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्सले देश भित्र र देश बाहिर भएका खेलहरुलाई समेट्दै हरेक नेपालीहरुको घरमा पुर्याउदै आएको छ। भर्खरै सम्पन्न भएको फिफा बिश्वकपलाइ समेत प्रत्यक्ष प्रशारण गरेको एक्शन स्पोर्ट्सले नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारा सहित हाल भइरहेको साफ सुजुकी कप २०१८ लाइ पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ।

दक्षिण एशियाका ७ रास्ट्रहरु सहभागी यो प्रतियोगिता भाद्र १९ देखि शुरु भएर भाद्र ३० सम्म चल्नेछ । प्रतियोगिताका सबै खेलहरु उक्त एक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१मा एच डि पिकचार क्वालिटिमा हेर्न सकिने छ ।आफ्ना ग्राहकहरुको बिश्वाश र रुचिअनुसार भविष्यमा पनि नेपाल भित्रका र नेपाल बाहिर हुने खेलहरुलाई प्रत्यक्ष प्रशारण गरिने कुरा कम्पनीले उल्लेख गरेको छ। एचडि प्रविधि र क्लियर साउण्ड क्वालिटीमा प्रशारण गरिने खेलहरु ग्राहकहरुको पहिलो रोजाइमा परिरहेको कुरा पनि कम्पनीले न्यूजदैनिकलार्इ जानकारी दिएकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागु गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न …

प्रतिकृया दिनुहॊस