काठमाडौं–हेटौडा सुरुङ मार्ग चिनियाँ लगानीमा बन्ने

काठमाडौं । पूर्वाधार विकास कम्पनी र चीनको पावरचाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त सम्झौता भएको कम्पनीले जनाएको छ ।

पावरचाइनाले ७५ र २५ प्रतिशत अनुपातमा ऋण लगानीका लागि अन्तर्रााष्ट्रय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनीको विस्तृत प्राविधिक योजना पुनरावलोकन तथा  स्थलगत भ्रमण गरेर पावरचाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरि सकेको छ । पुनरावलोकन अनुसार  यस परियोजनामा सडकको कूल लम्वाई मध्ये ४४५ सुरुङ्ग तथा पुलले ओगट्ने छ ।

नेपाल पूर्वाधार विकास कम्पनीको अनुसार   यो प्रविधि नेपालको कठिन पहाडि क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने कम्पनीले   बताएको  छ ।

सन् २०१५ डिसेम्वरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरुप नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले पावरचाइनासँग २०१७ मे मा चीनको बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनको अवसरमा इपिएस सम्झौता मा हस्ताक्षर गर्न सफल भएको थियो ।

पावरचाइना कम्पनीको सिनो हाइड्रो लगायत ९८ वटा सहायक कम्पनीहरु रहेका छन । पावरचाइना सिनो हाइड्रो मार्फत नेपालमा विगत ३० वर्ष देखि जल विद्युत तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न रहेको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी र पावरचाइना कम्पनीबीच भएको उक्त सम्झौतापत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मंत्रालय र प्रदेश नं.३ को सरकार समक्ष पेश गरिसकेको छ । साथै यस परियोजनामा केन्द्रिय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप