अब ग्लोबल आईएमई बैंकबाटै आइएमई लाइफकाे इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब ग्लोबल आईएमई बैंकबाट आइएमई लाइफ इन्स्योरेन्सको सेवा पाइने भएको छ । दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात बैैंकले ग्राहकहरुलाई उक्त सेवा दिने भएको हो ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र आइएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरे।

यस सम्झौता  पश्चात   ग्लोबल आईएमई बैंकका ग्राहकले कम्पनीको जुनसुकै शाखाहरु मार्फत आइएमई लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्न सक्नेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री