काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले मुस्ताङ्गमा ४ शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङ्गको मार्फा, कागबेनी, लेते र लोमन्थाङ्ग गरी ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
यो सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म २५ शाखा रहित बंैकिङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ ।
ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रतिकृया दिनुहॊस