Tag Archives: slinder

टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको मृत्यु

उदयपुर। उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान-५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकोमा उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ

पुरा पढ्नुहॊस »

झापाको मेचीनगरमा कपास उद्योगमा आगलागी १० लाख बराबरको क्षति

झापा। झापाको मेचीनगर नगरपालिका-१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहिवार साँझ  ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको तथा आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सल्यानमा थप दुईको कोरोनाबाट मृत्यु

सल्यान । कोभिड १९ को संक्रमणबाट सल्यानमा थप दुईजनाको मृत्यु भएको छ।  जिल्ला अस्पताल सल्यानमा उपचाररत बागचौर नगरपालिका–२ चिल्ढालेकी ५२ वर्षीया महिलाको बुधबार बिहान  मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैशीले जानकारी दिएका छन् । २१ गते  दिउँसो टाउको दुख्ने, ज्वरो आउने भएपछि अस्पतालमा भर्ना  गरिएका  उनको परीक्षण गर्दा कोरोनना पोजेटिभ देखिएको थियो। उता  शारदा नगरपालिका–१ श्रीनगरका ७४ वर्षीय पुरुषको पनि  कोरोनना संक्रमणबाट  मंगलबार राति मृत्यु भएको छ।

पुरा पढ्नुहॊस »

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २ साताका लागि प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिए

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता तथा युवा नेता  विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका शर्माले अस्वस्थताका कारण दुइ साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको  सामाजिक संञ्जाल मार्फत जानकारी दिएका छन्।  

पुरा पढ्नुहॊस »

पौडी खेल्ने क्रममा युवकको डुबेर मृत्यु

झापा । झापाको  शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङको  पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा   साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट  बगेर बेपत्ता भएका थिए । थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी …

पुरा पढ्नुहॊस »

मोरङमा बसले किचेर १ जनाको मृत्यु

मोरङ।मोरङको  लेटाङ नगरपालिका ८  जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटारका ५१ बर्षीय सहबिर मगर रहेका छन् । बिहीबार साँझ साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । बस र चालक पथरीशनिस्चरे ४ का ३३ बर्षीय गंगा प्रसाद लुईटेललाई …

पुरा पढ्नुहॊस »

चर्चित गायक प्रकाश सपूतलाई कोरोना संक्रमण

काठमाडौं |लोकप्रिय एंवम् चर्चित गायक प्रकाश सपूतलाई कोरोना संक्रमण भएको छ ।आफूलाई कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिए पछि काठमाडौं मेडिकल कलेजमा पिसीअार परीक्षण  गर्दा कोरोना पुष्टि भएको सामाजिक संञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् । प्रकाश फेसबुकमा लेख्छन् “अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला …

पुरा पढ्नुहॊस »

आज मंगलबार थप १३ सय ८२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  मंगलबार थप १३ सय ८२  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय ८२  जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट २३  जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख २९ हजार ५४ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा …

पुरा पढ्नुहॊस »

आज थप १३ सय ४ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज मंगलबार थप १३ सय ४  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय ४  जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख १६  हजार ५९४ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण …

पुरा पढ्नुहॊस »

बर्दिवासमा भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी

महोत्तरी । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपाने  मृत्यु भएपछि तनाव बढ्दै गएपछि बर्दिबासमा आज निषेधाज्ञा जारी भएको छ। महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा बुधबार बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको  हो । निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाउने …

पुरा पढ्नुहॊस »