Tag Archives: slinder

यसवर्षकाे हरिबोधनी एकादशीमा बूढानीलकण्ठमा मेला लाग्ने

काठमाडौं  । काठमाडौं  उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ। कात्तिक २७ देखि मङ्सिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि उपसमिति गठन गरिएको बूढानीलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काले बताए। शिवपुरी र खप्तड बाबाले तप गरेको पावन शिवपुरी पर्वत शृङ्खलाको काखमा रहेको पवित्र बूढानीलकण्ठ मन्दिरमा हरेक वर्ष लाग्ने गरेको सो मेला कोरोना महामारीका कारण रोकिएको थियो।

पुरा पढ्नुहॊस »

१ नम्वर : प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा राजीनामा

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका  छन्  । उनले  बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् ।पार्टी एकतालाई बचाउन राजिनामा  दिएकाे राईकाे बताएका छन् । शेरधन  राईले संसदीय  दलको नेताबाट राजीनामा दिएलगत्तै एमालेको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । आचार्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी रहेको छ ।

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक २४ दशमलव ८८ अङ्कले घट्यो

काठमाण्डाै ।आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २४ दशमलव ८८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार   नेप्से २४ दशमलव ८८ अङ्कले घटेर  ३ हजार १५४ दशमलव ०३    बिन्दुमा  आइपुगेको छ । स्टकका अनुसार आज कुल २२२ कम्पनीका ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

मंगलबार थप ४ हजार ९०४ जनामा काेराेना संक्रमण,३५ जनाको मृत्यु

काठमाडाै । मंगलबार  नेपालमा थप  ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  ४ हजार  ९०४  जनामा संक्रमण पुष्टि भएको हो । आज थप ३५ जनाको मृत्यु भएको छ भने  २११५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०१ प्रतिशत रहेका छ । आज १९ हजार १२३ परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

नेपाली कांग्रेस क्रियाशील सदस्यहरुको थप स्थानको नामावली सार्वजनिक

काठमाडौँ। नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ ।यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप जिल्ला तथा स्थानको नामावली आफ्नो  वेबसाइट तथा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहॊस »

नेप्सेमा ६.३७ अंकको वृद्धी ,कारोबार रकम ९ अर्ब ३० करोड माथि

काठमाण्डाै ।कारोबार हुने  साताको अन्तिम दिन  बिहीवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६.३७ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीवार नेप्से ६.३७ अङ्कले बढेर २ हजार ७८७ दशमलव १८ बिन्दु मा पुगेको छ । बिहीबार  २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता शेयर ९ अर्ब ३० करोड ५२ लाख  २२ हजार ४ रूपैयाँमा कारोबार  भएको छ ।    

पुरा पढ्नुहॊस »

विवाह भोज-भतेरले फैलिदै कोरोना संक्रमण

मकवानपुर। विवाह भोज-भतेरको जमघट र अन्य सामूहिक गतिविधिका कारण मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती साथै  जोखिम दुवै बढेको नगरपालिकाको  स्वास्थ्य शाखाले जनाएको छ। थाहा–३ मा  सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।

पुरा पढ्नुहॊस »

७६५ थान अवैध अक्सोमिटर सहित सात जना पक्राउ

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभाग समेतको संयुक्त टोली बजार अनुगमनको क्रममा अवैध बिक्री वितरण भएको ७६५ थान अक्सोमिटर बरामद गरेको छ । अनुगमन टोलीले ७६५ थान अक्सोमिटर साथै, अनुगमन गर्दा मेडिकल सामाग्री कालोबजारी गर्ने ७ जनालाई समेत पक्राउ   पक्राउ गरेेको छ।

पुरा पढ्नुहॊस »

बङ्गलादेशद्वारा नेपाललाई ५ हजार थान रेम्डेसिभिर प्रदान

काठमाडौं । बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन रेम्डेसिभिर  औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । बङ्गलादेशले बेक्सिमको फर्माबाट उत्पादित ५ हजार थान रेम्डेसिभिर, सुई तथा पीपीईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नायिका वर्षा राउतलाई कोरोना संक्रमण

काठमाडाैँ ।नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टी भएको छ। सामाजिक संजालबाट जानकारी गराउदै उनले  गन्ध हराएको र खोकी लागिरहेको जनाएकी  छिन् । अहिले आफू ठिक रहेको र  सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् ।

पुरा पढ्नुहॊस »