Tag Archives: slidre

कर्णाली सरकारले बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख दिने

कर्णाली प्रदेश सरकारले बाढी र बहिरो जस्ता विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बाढीपहिरोमा परी घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्नेसमेत निर्णय गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा घाइतेहरु जुनसुकै अस्पतालमा उपचार गराए पनि त्यसको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ।

पुरा पढ्नुहॊस »

अफगानिस्तानबाट भागेका राष्ट्रपति गनी युएईमा

काठमाडाैँ । काबुलमा तालिबानको कब्जा भएसँगै भागेका अफगानी राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स (युएई)पुगेका छन् । युएईको विदेश मन्त्रालयले एक बयान जारी गरी गनीलाई मानवीय आधारमा आफ्नो देशमा स्वागत गरेको जानकारी दिएको हो । मानवीयताका आधारमा गनी र उनकाे परिवारलाई आफ्नाे देशमा स्वागत गरेकाे बयानमा उल्लेख छ । युएईले सूचना दिनुभन्दा पहिला गनी ताजिकिस्तान अथवा उज्बेकिस्तान भागेकाे चर्चा थियाे । देशबाट भागिसकेपछि गनीले फेसबुक पोस्टमा आफ्नो बाध्यता भएको बताएका …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त 

काठमाडाै ।राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यलयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पुरा पढ्नुहॊस »

हतियारको सहज उपलब्धता रोक्न म्यानमारलाई राष्ट्रसंघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघले आफ्नो मुलुकमा हतियारको सहज उपलब्धता रोक्न म्यानमारलाई आग्रह गरेको छ । राष्ट्रसंघको महासभाले गत नोभेम्बरमा भएको आम निर्वाचनको परीणाम स्वीकार गरेर जननिर्वाचित नेताहरुलाई रिहा गर्न पनि आग्रह गरेको हो । सेनाले गत फेब्रुअरी १ मा जननिर्वाचित सरकार विघटन गरेर सत्ता हातमा लिएसँगै विपक्षी दलकी नेतृ आंङ साङ सूचीलगायत विभिन्न नेतालाई हिरासतमा लिएको छ । राष्ट्रसंघले विभिन्न ११ मुलुकको समर्थनमा म्यानमार सेनाको तानाशाही शासन अन्त्य गरी जननिर्वाचित …

पुरा पढ्नुहॊस »

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत  थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ  । मृत्यु हुनेमा पोखरा महानगरपालिका-१२  र पोखरा-१ का एक-एकजना पुरुषको मृत्यु भएको हो । पोखरा-१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५:४५ बजे मृत्यु भएको  हो । उनमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा-१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०:२० बजे मृत्यु भएको  हो। उनीमा मंसिर २५ गते कोरोना संक्रमण …

पुरा पढ्नुहॊस »

झापामा करेन्ट लागेर १ को मृत्यु

झापामा करेन्ट लागेर १ को मृत्यु झापा। झापा भद्रपुर-६ रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार  दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनी  आफैलाई करेन्ट लागेर  वेहोस  भएका उनको  उपचारार्थ अस्पताल लैजादै गर्दा  बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुरा पढ्नुहॊस »

प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण

काठमाडौं ।बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमा मगलबार स्टाट्स लेख्दै   उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेकी हुन् ।

पुरा पढ्नुहॊस »

राजश्व छली गर्नेहरु फेरि सक्रिय

काठमाडौं । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । …

पुरा पढ्नुहॊस »

अमेरिकामा एकै दिन थपिए ३३ हजार ३ सय ८८ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म संक्रमितको संख्या २३ लाख ३० हजार ५ सय ७८  जना छन्  भने  १  लाख  २१  हजार ९ सय  ८०  जनाको मृत्यु भएको छ । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ५३  जनाको मृत्यु भएको छ भने ३३ हजार ३ सय ८८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी …

पुरा पढ्नुहॊस »

नेपालमा कोरोना संक्रमणबाट दशौं व्यक्तिको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा हालसम्म  दशौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक पाल्पाको  पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुष हुन् ।   उनी  भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइन बसेका बेला उनलाई स्वासप्रश्वास सम्बन्धी समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत ती ब्यक्तिको  गत २० गते मिसन अस्पतालमा  मृत्यु भएको थियो । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको …

पुरा पढ्नुहॊस »