Tag Archives: sli

कीभ वरपरको क्षेत्रबाट ४१० युक्रेनी नागरिकको शव फेला

एजेन्सी । रुसको युक्रेनमा आक्रमण ४० दिन पुग्दै गर्दा राजधानी कीभ वरपरका क्षेत्रबाट रुसी सेना बाहिरिएको छ । रूसी सेना पछि हट्दै जाँदा, सडकमा शवको संख्या बढ्दै गएको छ । हालसम्म कीभ वरपर बुचा लगायतका धेरै क्षेत्रबाट ४१० युक्रेनी नागरिकको शव फेला परेको युक्रेनी अधिकारीहरुले बताएका छन् । कीभको सरकारी वकिल इरिना भेनेडिकोट्भाले अहिलेसम्म ४१० शव फेला परेको यो संख्या तीव्र गतिमा बढिरहेको बताइन् । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसलाई …

पुरा पढ्नुहॊस »

रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता : युद्ध रोक्नेतर्फ हुन सकेन कुनै प्रगति

एजेन्सी । रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता भएको छ । वार्तामा युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेको छैन । तर युक्रेनबाट बाहिरिन चाहने नागरिकका लागि बाटो दिन दुवै पक्ष सहमत भएका छन् । युक्रेन-बेलारुस सीमा नजिक भएको वार्तामा मानवीय करिडोर व्यवस्थित गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वार्ता सुरु हुनुअघि दुई देशका प्रतिनिधिले हात मिलाएका थिए । वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल हिजो बिहीवार हेलिकप्टरबाट वार्तास्थल पुगेको थियो …

पुरा पढ्नुहॊस »

काबुलमा विद्युत् आपूर्तिमा समस्या : ५८० कम्पनी बन्द हुने अवस्थामा

एजेन्सी । अफगानिस्तानको राजधानी काबुल शहरमा नियमित विद्युत् आपूर्ति नहुँदा झण्डै ६ सय कम्पनी बन्द हुने अवस्थामा पुगेका छन् । विद्युत् आपूर्तिको समस्या खेप्दै आएका ५८० वटा भन्दा धेरै उद्योगको नियमित उत्पादन बन्द हुने अवस्था देखिएको हो । अफगानिस्तानको उद्योग तथा खानी विभागका अनुसार उद्योग नियमित सञ्चालन हुन नसक्दा झण्डै चार हजार ५ सय कामदारले रोजगारी गुमाउने भएका छन् । सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई ८ …

पुरा पढ्नुहॊस »

बाइडेन प्रशासनको खोप नीतिविरुद्ध सर्वोच्च अदालतको आदेश

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोभिड परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति बाइडेनको नीतिलाई सर्वोच्चले रोक लगाएको हो । कम्तीमा एक सय कर्मचारी रहेका कार्यलयमा सो नियम लागु गर्न बाइडेन प्रशासनले सम्बन्धित कार्यलयहरुलाई निर्देशन जारी गरेको थियो । सरकारको सो निर्देशनमा करिव आठ करोड ४० लाख कर्मचारी समेटिन्थे । सो नीति सरकारको …

पुरा पढ्नुहॊस »

भारत उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना, ११ जनाको गयो ज्यान

एजेन्सी । भारत उत्तर प्रदेशस्थित चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेकाहरु झाँसीको चिरगाउँमा दुर्घटनामा परेका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कमी …

पुरा पढ्नुहॊस »

तालिबानले भन्यो- युद्ध सकियो, शासन व्यवस्थाबारे चाँडै जानकारी दिन्छौं

काबुल । विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सीमा बसेको देखिन्छ । तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त …

पुरा पढ्नुहॊस »

विश्व स्वास्थ्य संगठनले भन्यो– नेपालमा नयाँ भेरियन्ट फेला परेको छैन

काठमाडौं । बेलायतको पत्रिका डेली मेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको भन्दै समाचार प्रकाशित गरेकोमा नेपाल सरकारले आपत्ति प्रकट गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा कोभिडको छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालमा कुनै नयाँ भेरियन्ट नदेखिएको बताए । ‘अहिलेसम्म नेपालमा नयाँ भेरियन्ट देखिएको छैन,’ उनले भने, ‘बुधबारसम्म बेलायतले हामीलाई उपलब्ध गराएको सूचना अनुसार त्यस्तो केही …

पुरा पढ्नुहॊस »

लागूऔषध गाँजा सहित मोरङबाट २ जना पक्राउ

मोरङ । मोरङ रंगेली नगरपालिका-७ बाट करिब ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-६ बस्ने १९ वर्षीय राज मण्डल र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रदेश १-०२-०४३प-८१३९ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट रंगेलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शाही र मोटरसाइकलमा सवार अर्का  युवकलाई लागूऔषध  गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा …

पुरा पढ्नुहॊस »

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

गलेश्वर । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए । पत्रकार …

पुरा पढ्नुहॊस »

ब्रिटिश प्रधानमन्त्रीको बुवाले फ्रान्सेली नागरिकताका लागि आवेदन दिने

काठमाडौं । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनका बुवाले फ्रान्सको नागरिकता लिनका लागि आवेदन दिन लागेको बताएका छन् । ब्रिटेन युरोपेली सङ्घ इयूबाट औपचारिक रूपमै शुक्रवारदेखि अलग्गिएको छ । स्टेन्ली जोनसनले फ्रान्सको आरटीएल रेडियोसँग कुरा गर्दै आफ्नी आमा फ्रान्समा जन्मिएकाले आफू फ्रेन्चको रूपमा रहेको बताएका हुन् । असी वर्षीय उनी कन्जर्भेटिभ दलका तर्फबाट युरोपेली संसद्का पूर्वसदस्य हुन् । सन् २०१६ को जनमतसङ्ग्रहमा उनले इयूमै रहनका लागि मतदान गरेका थिए । उनका छोराले …

पुरा पढ्नुहॊस »