Tag Archives: mainnews

लुम्बिनीमा प्रधानमन्त्रीले गरे स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया (तस्वीरहरु)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् । बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आएका प्रधानमन्त्रीले बिहान लुम्बिनी परिसरको अवलोकन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक, जुट्ला सहमति ?

काठमाडौं । सहकारीको रकम अपचलनको छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक बस्दैछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ । कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा …

पुरा पढ्नुहॊस »

आज बुद्ध जयन्ती, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले …

पुरा पढ्नुहॊस »

के छ प्रधानमन्त्रीलाई सम्पादकहरूले बुझाएको संयुक्त पत्रमा ? (पूर्णपाठ)

काठमाडौं । मूलधारका मिडियाका सम्पादकहरुले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएका छन् । अध्यक्ष सिरोहियामाथि लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ नगरी जसरी पक्राउ गरिएको छ त्यसले गम्भीर प्रश्न खडा गरेको सम्पादकहरूको निष्कर्ष छ । ‘जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार …

पुरा पढ्नुहॊस »

गृहमन्त्रीविरुद्ध प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडक संघर्षमा उत्रिने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो । सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको हो । कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ । उसले …

पुरा पढ्नुहॊस »

कोहीकोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा व्यवसायी कैलाश सिरोहिया पक्राउबारे धारणा सार्वजनिक गरेको छ । बुधवार रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै रास्वपाले विधिको शासनमा कानुन भन्दामाथि कोही नरहेको बताएका छन् । रास्वपाले सरकार नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक–अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न सक्षम रहेको उल्लेख गरेको छ । जो जतिसुकै शक्तिशाली भए …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीको प्रतिप्रश्न- कैलाश सिरोहियासँग केको रिसइबी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालती प्रक्रियाबाटै पक्राउ परेको बताएका छन् । सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधेको प्रधानमन्त्रीले बताएका हुन् । ‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताए । ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,’ उनले भने …

पुरा पढ्नुहॊस »

कामिरिता ३० औं पटक सगरमाथा चुचुरोमा, तोडे आफ्नै कीर्तिमान

काठमाडौं । कामिरिता शेर्पाले सगरमाथाको ३० औं पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका छन् । उनले बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् । यसअघि उनी वैशाख ३० गते २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका हुन् । सन् १९९४ …

पुरा पढ्नुहॊस »

काभ्रेमा हम्मरले हानेर दम्पतीको बीभत्स हत्या

काठमाडौं । काभ्रेको महाभारतमा पति-पत्नीको विभत्स हत्या भएको छ । महाभारत गाउँपालिका-४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल मंगलबार साँझ घरभित्रै मृत भेटिएका हुन् । टाउकोमा हम्मरले हानेर उनीहरुको हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । प्रहरीले भने हत्याको पुष्टि गरे पनि घटनाको विस्तृत विवरण खुलाएको छैन । बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए । …

पुरा पढ्नुहॊस »

रविलाई ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको फाइल खोल : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैमाथि लागेका सबैखाले आरोपउपर निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यस्तो बताएका हुन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयलाई जोडेर महामन्त्री शर्माको टिप्पणी आएको हो । ‘सिरोहियालाई कृपापूर्वक रिहा नगर । मज्जाले छानबिन गर,’ शर्माले भनेका छन्, ‘दोषी ठहरे जेल पठाउ । सबैमाथीको सबै आरोपउपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर !’ उनले सहकारीको रकम …

पुरा पढ्नुहॊस »