Tag Archives: mainnews

कार्यदल बैठक : रविकै नाममा अड्को

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार सिंहदरबारमा बसेको कार्यादलको बैठक बिनानिष्कर्ष सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रूपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताए । ‘कांग्रेस यसमा थप लचकता अपनाएर आएको छ । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ संलग्न भएका सहकारीको बारेमा नाम किटान …

पुरा पढ्नुहॊस »

व्यवसायबाट आत्मनिर्भर बन्दै प्रिया (भिडियोसहित)

एउटी महिला छोरी हुँदै विभिन्न भूमिका निर्वाह गर्दै अघि बढ्छन् । ब्यागमाण्डु र कटन विङ्सकी सञ्चालक प्रिया मानन्धर महिला उद्यमशीलतालाई पछ्याउँदै अगाडि बढ्दैछिन् । विशुद्ध गृहिणीका रूपमा रहँदा आफ्नी सानी छोरीले किन घरमा मात्रै बस्नुहुन्छ ? अफिसमा किन काम गर्नुहुन्न ? भनेको भनाईले घरभन्दा बाहिर निस्केर काम गर्न प्रेरणा मिलेको प्रिया बताउँछिन् । उनी व्यवसायमा पनि संलग्न थिइनन् । छोरीको ख्याल गर्थिन् । घर मज्जाले चलाइरहेकी थिइन् । यसैबिच छोरीको …

पुरा पढ्नुहॊस »

कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक आगामी आईतवारसम्मका लागि स्थगित भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठक आईतवारसम्मका लागि स्थगित भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले पटक पटक नेपाली काँग्रेसलाई आसन ग्रहण गरेर सभा सञ्चालनका लागि सहज वातावरण बनाइदिन आग्रह गरेपनि काँग्रेसले उठेर अवरोध जनाएपछि बैठक आईतवार बिहान ११ बजेसम्मका लागि स्थ्गित भएको सभामुख घिमिरेले घोषणा गरे । उनले विधिसम्मत रुपमा बोल्ने व्यवस्था …

पुरा पढ्नुहॊस »

केन्द्र सरकारले आफैँ काम गरेन, हामीलाई पनि गर्न दिएन : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको उनको गुनासो छ ।

पुरा पढ्नुहॊस »

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियासँग आजदेखि प्रश्नोत्तर

काठमाडौं । नागरिकता कीर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको आजदेखि बयान शुरु हुँदैछ । सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने शुक्रबार शुुरु हुन लागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् । सिरोहियालाई शुक्रबारसम्म मात्रै तीन दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको थियो । बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ । मंगलबार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा …

पुरा पढ्नुहॊस »

‘रविरत्न’माथि घरबेटीलाई बलात्कार गरेको आरोप

काठमाडौं । केही समयदेखि युट्युबमा उछृंखल अन्तर्वार्ता दिँदै हिँडेका रविरत्न चुँडाल बलात्कार आरोपमा पक्राउ गरेका छन् । झण्डै एक वर्ष अघि काठमाडौँकै ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पुरा पढ्नुहॊस »

वायु प्रदुषण : स्वच्छ सास लिनै मुस्किल !

काठमाडौं उपत्यकाको वायु स्वस्थ छैन । देशका थुप्रै स्थानमा डढेलो लागिरहेको छ । केही महिनादेखि पानी पर्न सकेको छैन । आकाशमा रहेका धुलोका कणहरू फैलिएपछि वायु अस्वस्थ बनिरहेको छ । काठमाडौं शहर विश्वको प्रदूषित सहरमा दर्ज भएको छ । तथ्यांकले विश्वकै सबैभन्दा प्रदुषितमा पर्नु हाम्रा लागि निकै खराब अवस्था हो । एकातीर विश्वकै सबैभन्दा धेरै प्रदुषित शहरका रुपमा सुचीकृत भयो भने अर्कोतीर यसले स्वास्थ्य जोखिममा पारेको छ । नेपालको संविधाकामा …

पुरा पढ्नुहॊस »

४१ मेगावाटको सुपर बागमतीमा ३ बैंकको साढे ६ अर्ब बढी लगानी

काठमाडौं । सुपर बागमती हाइड्रोपावर लि. निर्माण अघि बढ्ने भएको छ । ३ बैंकबाट लगानी जुटेसँगै ४१.३१४ मेगावाटको उक्त आयोजना अघि बढ्ने देखिएको हो । सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक/ संस्थापकहरुको लगानी रहनेछ । परियोजनामा लक्ष्मी सन्राइज बैंकको कर्जा प्रतिबद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु …

पुरा पढ्नुहॊस »

कामु सीईओ खनाल बने राष्ट्रिय वाणिज्य बैंकको सीईओ

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । उनले कायममुकायम सीईओको रूपमा काम गर्दै आएका थिए । बैंक सञ्चालक समितिको आज बसेको बैठकले रिक्त पदमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्ष रहने बैंकका नियुक्तिपत्रमा उल्लेख गरिएको छ । यसअघि सीईओ नियुक्ति सिफारिस उपसमितिले ५ जनालाई सर्टलिस्टमा राखेको थियो ।

पुरा पढ्नुहॊस »

नेपालमा किन बढ्दैछ एकल परिवारको संख्या ?

काठमाडौं । नेपालमा एकल परिवारको संख्या बढ्दै गएको प्रतिवेदनले देखाएको छ । पछिल्ला वर्षहरुमा देशभर परिवारहरू संयुक्तबाट एकलमा टुक्रिने क्रम बढेको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार देशको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेकोमा पुरुष ४८.९८ प्रतिशत र महिला ५१.०२ प्रतिशत रहेका छन् । हाल ६०.०७ प्रतिशत एकल र ३९.९३ प्रतिशत संयुक्त परिवार रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । अघिल्लो जनगणना (विसं २०६८) …

पुरा पढ्नुहॊस »