Tag Archives: mainnews

नेपालमा आज १ हजार ७६० जना कोरोना संक्रमित थपिए, १ हजार २२० निको भए

नेपालमा आज १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४२८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८० हजार ८२४ जना र एन्टीजेन परीक्षणबाट ८७ हजार ८४१ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २२० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख …

पुरा पढ्नुहॊस »

सामूदायिक विद्यालयले अब गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त गराउने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पनि बताए । जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार एक कार्यक्रममा बीच उद्घाटन गर्दै उनले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, …

पुरा पढ्नुहॊस »

शोक प्रस्ताव पारितमै सिमित भयाे राष्ट्रिय सभा बैठक

राष्ट्रिय सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। बुधबारको बैठकमा शोक प्रस्तावबाहेकका विषयलाई कार्यसूचीबाट हटाइएको थियो। शोक प्रस्ताव पारित गर्दै बुधबारको बैठक ५ असोज ०७८ सम्मका लागि स्थगित गरिएको छ।

पुरा पढ्नुहॊस »

दुईतर्फी सञ्चालनमा आयाे मुग्लिन–नौबिसे सडक

पहिराेका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ। गए राति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

पुरा पढ्नुहॊस »

एमाले एक ढिक्का छ, अझै बलियाे बनेकाे छ: उपाध्यक्ष रावल

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको बताएका छन्। मंगलबार धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले १० बुँदे सहमति कार्यान्वयन भएर एमाले एक ढिक्का हुने बताए। उनले जनताको भावना र कम्युनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे सहमति भएकाले सो सहमतिअनुसार देशका धेरै जिल्लामा कार्यान्वयन भएको जिकिर गरे। फरक प्रसङ्गमा उनले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुटभन्दा सानो भएकाले यसबाट पार्टीलाई धेरै …

पुरा पढ्नुहॊस »

कक्षा १२ को परीक्षा आजबाट, पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुँदै

exam 12/कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आजबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी छन्। परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ, ४ हजार ३१५ वटा परीक्षा केन्द्र छन्। गत जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण ३१ साउनका लागि सारिएको थियो। …

पुरा पढ्नुहॊस »

एमालेले १० पटक सोचेर मात्र एमसीसीबारे निर्णय लिन्छ: प्रवक्ता ज्ञवाली

कपिलवस्तु, जनताको भावना बुझेर मात्र एमसीसीको विषयमा निर्णय लिने नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्। कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रवक्ता ज्ञवालीले एमसीसी सम्झौता गर्ने काम सरकारको भएको टिप्पणी गरेका छन्। ‘एमसीसीको विषयमा निर्णय गर्दा १० पटक सोच्ने छौं। एमसीसी सम्झौता एमालेले गरेको होइन’, उनले भने। उनले आफ्नो पार्टीले दुई देशबिचको सम्बन्ध र नेपाली जनताको भावनालाई हेरेर निर्णय लिने बताए। ‘एमसीसी पास गर्ने काम सरकारको हो। सम्झौता राम्रो …

पुरा पढ्नुहॊस »

आइसीसी विश्वकप क्रिकेट लिग-२ः ओमानद्वारा नेपाल पाँच विकेटले पराजित

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा आयोजक ओमानले नेपाललाई पाँच विकेटले पराजित गरेको छ। मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा १९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१ ओभर १ बलमा पाँच विकेट गुमाउँदै १९८ रन बनाएको हो। ओमानको जीतमा जितेन्दर सिंहले शतक प्रहार गरे। विस्फाेटक ब्याटिङ गरेका सिंहले ६२ बलमा ६ छक्का र १२ चौकाको मद्दतमा १०७ रन बनाए। ओमानको जीतमा मोहम्मद नदीमले ३८ रन बनाउँदा …

पुरा पढ्नुहॊस »

माधव नेपालले देश र जनताप्रति गद्दारी गरे, अब वडासदस्य पनि जित्दैनन् : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन्। गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट फाइदा लिनुसम्म लिएर पार्टी फुटाएको आरोप लगाए। ‘यस पार्टीबाट फाइदा लिनुसम्म लिए। १६ वर्षसम्म महासचिव भए। प्रधानमन्त्री भए। पार्टी कहाँ पुर्‍याए ? २४० सिटमध्ये ३३ मा झारे । महाचिवबाट चलाउन सकिँदैन भनेर राजीनामा दिए। खुरुक्क बस्या भए हुँदैनथ्यो। फेरि प्रधानमन्त्री भए । …

पुरा पढ्नुहॊस »

सांसद पाण्डे र भट्ट एकीकृत समाजवादीमा आबद्ध हुन पाउने सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी) मा जान सक्ने आदेश जारी गरेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई रोजेको पार्टीमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कारबाही गर्न नगर्न अन्तरिम आदेश जारी गरेको छ। आदेशमा भनिएको छ, “निवेदक सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) दलमा आबद्ध हुने …

पुरा पढ्नुहॊस »