Tag Archives: mainnews

थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि,१० जनाको मृत्यु

काठमाडाै ।शुक्रबा‏र  नेपालमा थप १ हजार ५५८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबा‏र १ हजार ५५८ जनामा  संक्रमण पुष्टि भएको हो । आज थप १०  जनाको मृत्यु भएको छ भने १३५१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.२ प्रतिशत रहेका छन्  । आज १२ हजार ३८५नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

ओली भेट्न बालकोट पुगे कार्की, संसद् खुलाउन आग्रह

काठमाडौँ । सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन् । २३ भदौमा आह्वान भएको सदनमा त्यसयता एमालेले निरन्तर अवरोध गरिरहेको छ । माधव नेपालसहित १४ सांसदको कारवाहीसम्बन्धी सूचना टाँस गर्नुपर्ने र गैरसांसदलाई सदनमा उपस्थित गराउन नहुने र सभामुखले माफी माग्नुपर्ने एमालेको अडान छ । यो बीचमा सभामुख सापकोटाले …

पुरा पढ्नुहॊस »

काठमाडौँ उपत्यकामा हटेकाे छैन निषेधाज्ञा, यस्ताे छ पछिल्लाे आदेश

काठमाडौँ उपत्यकामा यसअघि (भदौ १७ मा) जारी निषेधाज्ञालाई असोज १ पछि पनि कायमै राखिएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका अधिकारीको समन्वय र सहमतिमा अर्काे सूचना जारी नभएसम्मका लागि उक्त आदेश कायमै रहने गरी निषेधाज्ञा जारी गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिइन्। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरि आर्थिक गतिविधिलगायत क्रियाकलाप सञ्चालन गर्न सक्नेगरि यसअघि नै आदेश जारी गरिएको थियो। आदेशमा अनावश्यकरुपमा मानिस जम्मा हुन, भिडभाड …

पुरा पढ्नुहॊस »

आजदेखि दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालनमा

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आजबाट सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकिलो दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिइने छ । देशभर ३९ स्थानमा यस्ता पसल रहने छन् । सुपथ मूल्यका पसलमा चिनी, नुन, चामल, घ्यू, पनिरसँगै खसी, बोका र च्याङग्रा किन्न पाइनेछ । चामलमा प्रतिकिलो ५, सिमी तथा फापर खरिदमा प्रतिकिलो १०, नुन प्रतिकिलो २, चिनी …

पुरा पढ्नुहॊस »

चीनबाट थप ४४ लाख मात्रा भेराेसेल खोप आज आउँदै

सरकारले खरीद गरेको कोभिड-१९ विरुद्धको भेरोसेल खोप आज काठमाडौं आउँदैछ। स्वास्थ्य मन्त्रालयका खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए। खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राति बेइजिङ उडेको थियो। खोप आएलगत्तै तुरुन्तै लाउन सुरु गरिने डाक्टर दाहालले बताए। ‘हामी तयार छौं। निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले भने । हालसम्म ५० वर्ष उमेर समूहलाई कभर गरिसकेको भन्दै …

पुरा पढ्नुहॊस »

बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा राखे पाँच बुँदे सुझाव

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी अध्यादेशको विषय चाँडो छिनोफानो गरेर सरकारलाई छिटो पूर्णता दिन आग्रह गरेका छन् । उनले राष्ट्रिय सहमति कायम गरी अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नुपर्नेमा जोड दिएका छन् …

पुरा पढ्नुहॊस »

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

काठमाडौँ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ …

पुरा पढ्नुहॊस »

प्रतिपक्षमै रहे पनि समृद्ध नेपाल निर्माणका लागि एमाले सक्रिय छः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र राष्ट्रिय स्वाधिनताको लक्ष्यप्रतिको जिम्मेवारीमा कुनै फरक नपर्ने बताएका छन्। एमालेको काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रकै केही स्वार्थी नेताका कारण आफ्नो नेतृत्वको सरकार ढलेको जनाउँदै आगामी निर्वाचनबाट ताजा जनादेश लिएर पुनःसरकारको नेतृत्व गर्ने बताए। “आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सघाउन जानेलाई जनताले पत्याउने छैनन्। एमाले जस्ताको तस्तै छ। …

पुरा पढ्नुहॊस »

असोज १ देखि काठमाडाैंका विद्यालय खोल्ने निर्णय फिर्ता, प्रशासनले जारी गर्याे यस्ताे आदेश

जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ। अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो। निपा भाइरसको जोखिम बढेको, नेपालीहरूको ठूलो चाड दशैँ आउन लागेको भन्दै अभिभावक तथा जनस्तरबाट विद्यालय खोल्ने निर्णयको चर्को विरोध भएको थियो। बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शैक्षिक संस्थाहरू (विद्यालय)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने आदेश जारी गरेका हुन्। गर्नै पर्ने भएमा …

पुरा पढ्नुहॊस »

पुरुष फिफा वरीयतामा नेपाल यथावत, कुन कुन छन् टप टेनमा ?

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार नेपाल १६८औं स्थानमा छ। गत महिना सार्वजनिक सूचीमा पनि नेपाल १६८ स्थानमै थियो। नयाँ वरियताअनुसार दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ। भारत १०७औं स्थानमा छ। त्यस्तै १५८औं स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छ। यसैगरी नेपाल तेस्रो स्थानमा रहँदा १८७औं स्थानसहित भुटान चौथो स्थानमा छ। १८९ स्थानसहित बंगलादेश पाँचौं, १९८ …

पुरा पढ्नुहॊस »