Tag Archives: mainnews

सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन गरी विश्लेषण उच्चस्तरीय जाँचबुझ समिति गठन गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले समस्याग्रस्त अवस्थामा पुगेका तर समस्याग्रस्त घोषणा नभएका सहकारी सङ्घसंस्थाको समस्या समाधान गरिने स्पष्ट पारे । ‘समितिको सिफारिसको आधारमा त्यस्ता संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानी (बचत फिर्ता समेत) …

पुरा पढ्नुहॊस »

राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान छ : सभापति देउवा (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भुमिका रहेमा राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने उनको विश्वास छ । ‘महिलाहरूको धेरै ठूलो योगदान रहेको छ, नेपाली राजनीतिक परिवर्तनमा । भोलिको दिनमा नेतृत्व विकासमा पनि …

पुरा पढ्नुहॊस »

जीवी राई मलेसियामा छन्, लोकेसन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

काठमाडौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जीवी राईको लोकेसन पत्ता लागिसकेको बताएका छन् । चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै सहकारी ठगी प्रकरणका मुख्य आरोपी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका हुन् । आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको बताउँदै उनले त्यहाँका गृहमन्त्रीले फरार जीवी राईको लोकेसन कन्फर्म गरिसकेको तर्क गरेका छन् । उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘लोकेसन पत्ता लागिसक्यो । …

पुरा पढ्नुहॊस »

रोकिराखेको लरीमा यात्रुवाहक बस ठोक्कियो : तीन जनाको मृत्यु, दर्जनबढी घाइते

काठमाडौं । सर्लाहीमा रोकिराखेको भारतीय मालवाहक लरी (ट्रक)मा बस ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १ दर्जनभन्दा बढी घाइते भएका छन् । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान दुर्घटनामा भएको हो । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बस रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको लरीमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए …

पुरा पढ्नुहॊस »

भारतीय कम्पनीले बुझायो पश्चिम सेती र ‘एसआर-६’ को डिपिआर

काठमाडौं । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी-६ (एसआर-६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ । एनएचपिसीले आज डिपिआरको मस्यौदा बुझाएको लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले जानकारी दिए । ‘परियोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको कम्पनीले डिपिआरको मस्यौदा बुझाएको छ । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया (कमेन्ट) दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डिपिआर तयार हुनेछ’, सहसचिव अधिकारीले भने । अन्तिम डिपिआर तयार भएपछि …

पुरा पढ्नुहॊस »

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बिहीबार सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । बिहान ११ बजे शुरु हुने बैठकमा वर्णानुक्रमअनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि छ । विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा …

पुरा पढ्नुहॊस »

बिहानैदेखि पानी परेको काठमाडौंमा घाम लाग्यो, अन्य क्षेत्रको मौसम कस्तो ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

शुक्रबारदेखि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न नपाउने

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । योसँगै उपत्यकावासी यही शुक्रबार ९पर्सि० देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्। …

पुरा पढ्नुहॊस »

सिरानमुनिको पैसा ल्याउन पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाऔँ : धनराज गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले ५०० र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरू प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने तथा सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने बताएका हुन् । उनले अवैध रूपमा राखिएका धनराशि पनि ५०० र १ हजारका नोटमा प्रतिबन्ध …

पुरा पढ्नुहॊस »