Tag Archives: mainnews

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर, ६९ लाख जरिवाना र ९ महिना कैद

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो । सर्वोच्चले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय सुनाएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले आज फैसला सुनाएको हो । इजलासले जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको स्रोत नखुलेको …

पुरा पढ्नुहॊस »

सिबिफिनले गर्‍यो मौद्रिक नीतिको प्रशंसा, सरकार र राष्ट्र बैंकलाई यस्ता सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्षरुपमा आएको बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले जनाएको छ। मौद्रिक नीतिले आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि मौद्रिक नीतिबाट हुन सक्ने र गर्न सकिने नीति अवलम्बन गरिनुका साथै अपेक्षाकृतरुपमा सहजीकरणको प्रयास गरिनुले आमरुपमा आशा, भरोसा र विश्वास जगाएको सिबिफिनले जनाएको हो। ‘बैंक तथा वित्तीय संस्थाको पूँजीकोषमा भएको …

पुरा पढ्नुहॊस »

सरकारलाई कांग्रेस महामन्त्री शर्माको ११ सुझाव

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई ठूला दलबीचको गठबन्धन सरकारलाइ ११ बुँदे सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले ११ बुँदे सुझाव दिएका हुन् । महामन्त्री शर्माले हवाई वा सडक दुर्घटना न्यूनीकरण गर्न के कस्तो प्रशासनिक र व्यावहारिक निर्देशिका बनाउन र बन्दोबस्त मिलाउन जरुरी छ, त्यसका निम्ति के कस्तो कानुनी सुधार जरुरी छ ढिलाइ नगरी सरकारले यसबारे आवश्यक विधेयक संसद्मा पेस गर्न सुझाव …

पुरा पढ्नुहॊस »

त्रिशूलीमा बेपत्ता बस र थप यात्रु भेटिएनन्, फर्कियो भारतीय उद्धार टोली

काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता बस र थप यात्रु नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता दुई वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार आठ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिए । शुक्रबार बस …

पुरा पढ्नुहॊस »

गोरखा पहिरो अपडेट : रातिदेखि बेपत्ता पाँच जना अझै भेटिएनन्

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुई जनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौं लगिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उनले बताए । स्थानीय जीतबहादुर गुरुङको …

पुरा पढ्नुहॊस »

रास्वपाकाे महामन्त्री मै हो भन्दै मुकुल ढकालले निर्वाचन आयोगमा दिए निवेदन

काठमाडाैं । कारबाहीमा परिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी बैठकको निर्णयविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका छन् । पदाधिकारी हेरफेर गर्ने बैठकलाई अवैधानिक भन्दै उनले त्यसले गरेका निर्णयहरू गैरकानुनी भन्दै बदरको मागसहित निर्वाचन आयोगमा उनले निवेदन दिएका हुन् । ‘मैले पदमुक्त बारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन । यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धीको ऐन, …

पुरा पढ्नुहॊस »

केराबारीस्थित नदीको बीचमा देखिएको बस्तु बस नभएको पुष्टि, भारतीय टोली फिर्ता हुँदै

काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १७औँ दिन पुगेको छ । दुर्घटनाको १६ दिन बितिसक्दा पनि दुई बस र सवार ३८ यात्रुको अवस्था अझै अज्ञात रहेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किँदै छ । नेपाली टोलीले अब कसरी खोजी कार्य अगाडी बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी …

पुरा पढ्नुहॊस »

हैजाले लिनसक्छ केही घण्टामै ज्यान, कसरी बच्ने ?

काठमाडौं । एक साता बीचमा नेपालका दुई स्थानमा गरी १० जनामा हैजा पुष्टि भएको छ । ललितपुरको गोदावरी क्षेत्रमा पुष्टि भएको हैजा नियन्त्रणमा आउने क्रममा रहेको अधिकारीहरूले ठानिरहँदा कैलालीको धनगढीमा पनि ३ जनामा हैजा पुष्टि भएको हो । तर ललितपुर र धनगढीमा देखिएका हैजाबीच सम्बन्ध भने नदेखिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए । ‘गोदावरीमा देखिएको हैजा बाहिर फैलिएको अहिलेसम्म देखिएको …

पुरा पढ्नुहॊस »

भुटानी शरणार्थी र गिरीबन्धु टी-इस्टेटको फाइल पनि खोल्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग सातबुँदे सहमति भए पनि विमति भएका ठाउँमा प्रश्न उठाउन नछाड्ने बताएका छन् । शनिबार मानव अधिकार तथा शान्ति समाजको कार्यक्रममा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल कानुनअनुसार खोल्नुपर्ने बताए । आर्थिक अनियमितताका विषयमा सम्बन्धित निकायलाई कानूनअनुसार काम गर्न स्वतन्त्र छाडिदिए मात्रै जनतामा आशा जगाउन सकिने महामन्त्री शर्माको भनाइ छ । ‘यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि …

पुरा पढ्नुहॊस »