Tag Archives: mainnews

काभा नेसन्स लिग आजदेखि : उद्घाटन खेलमा श्रीलंकाको सामना गर्दै नेपाल

काठमाडौं । काभा नेसन्स लिग भलिबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुने भएको हो । आयोजक तथा दाबेदार नेपालले उपाधि जित्नेमा टिम आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको खेलबाट कमीकमजोरी सुधारेको र ५० दिनको तयारीले टिम मजबुत रहेका बताइन् । रसियासँग खेलेपछिको पछिल्लो दश दिन ब्लक, डिफेन्स र सर्भिसमा प्रशिक्षण केन्द्रित …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

१८ देशका लागि राजदूत सिफारिस, कुन देशमा को ? (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो । राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

पुरा पढ्नुहॊस »

यो सरकार प्रचारबाजी होइन, काम गर्न आएको हो : मन्त्री डा राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताएका छन् । राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उनले भने, ‘वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो ।’ नेपाली कांग्रेस र नेकपा (एमाले) यो देशमा ठूलो राजनीतिक परिवर्तनका …

पुरा पढ्नुहॊस »

शेयर बजारको इतिहासमा हालसम्मकै उच्च कारोबार, एकैदिन २१ अर्ब ९१ करोडको किनबेच

काठमाडौं । सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ । यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै २१ अर्ब ९१ करोडको नयाँ कीर्तिमान बनाएको हो । सूचकमा देखिएको निरन्तरको वृद्धिसँगै कारोबार रकमले अहिलेसम्मकै रेकर्ड तोडेको हो । यो दिन ६४.२५ अंकले बजार बढेर २ हजार ७६०.९० विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि बजार उच्च अंकले बढेको थियो । यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ …

पुरा पढ्नुहॊस »

नयाँ बसपार्कमा दुई महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवकको शव

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिए । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामै बाढीले डुबायो, ३६ जनाको उद्धार (तस्बिरहरु)

काठमाडौँ । भारी वर्षासँगै काठमाडौँका नदी-खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको हो । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको छ । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ …

पुरा पढ्नुहॊस »

बल्खुमा बाढीमा परेर ज्यान गुमाउनेको परिचय खुल्यो

काठमाडौँ । बल्खु खोलाको बाढीमा परी एक जनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्वासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ । काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक …

पुरा पढ्नुहॊस »

कीर्तिपुर र ललितपुरमा बाढीमा फसेका ३९ जनाको उद्धार

काठमाडौं । कीर्तिपुर र ललितपुरका विभिन्न ठाउँमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार गरिएको छ । कीर्तिपुरको सुन्दरीघाटबाट १५ जनाको उद्धार गरिएको छ । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेको छ । डुबानमा परेको खबरसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ …

पुरा पढ्नुहॊस »

उपत्यकाका नदीमा जलसतह बढ्यो, १० बजेसम्म उच्च सतर्कता आवश्यक

काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरूमा जलसतह बढेको छ । गएरातिको भारी वर्षाका कारण बागमती र यसका सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको हो । खोलाको बाढी किनारको सडकसम्म आउने र बस्ती डुबानमा पर्नसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ । काठमाडौंको धोबीखोला, चाबहित र वाग्मती गौरीघाट …

पुरा पढ्नुहॊस »