Tag Archives: mainews

महाकालीमा तटबन्ध नबनाउन भारतलाई सरकारको कुटनीतिक नोट

काठमाडौं । सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण तुरुन्त रोक्न भारतलाई कुटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको हो । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भइरहेका घटनाबारे तयार पारेको स्थलगत प्रतिवेदन …

पुरा पढ्नुहॊस »

मेलम्चीको पानीलाई थप व्यवस्थापन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन्। मङ्गलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेललगायतका नेताको मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्। उनले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी १२ महिना नै काठमाडौंमा ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए। पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्ने प्रण गरे …

पुरा पढ्नुहॊस »

थप १ हजार ७५६ जनामा कोरोना संक्रमण

काठमाडाै ।  नेपालमा थप १  हजार ७५६ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २३ जनाको मृत्यु भएको छ भने २२७४जना संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज १४ हजार ३३४  नमुना परीक्षण गरिएको थियो  ।

पुरा पढ्नुहॊस »

थप २ हजार ६५ जनामा कोरोना संक्रमण

काठमाडाै । आज नेपालमा थप  २ हजार ६५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २५जनाको मृत्यु भएको छ भने  २३३७ संक्रमणमुक्त  भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १३ हजार ११७ नमुना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

गएकाे २४ घण्टामा निको हुने भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बर

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७९ जनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या ६ लाख ९० हजार ९ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ । गएकाे २४ घण्टामा सङ्क्रमणमुक्त हुने भन्दा संक्रमित हुनेको सङ्ख्या …

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषद् पुनर्गठनप्रति कांग्रेस प्रवक्ताको टिप्पणी- ‘फैसला’सम्मलाई दुई-चार दिनको घामछाया

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुनर्गठित मन्त्रिपरिषद् दुई-चार दिनको घाम छाया मात्र भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्री नियुक्ति गरेलगत्तै प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत ती पद सर्वोच्च अदालतबाट फैसला नआउन्जेलका लागि मात्रै भएको दाबी गरे । ‘पुनर्गठनमा टिप्पणी- प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषामा कलेजोमा छ क्यान्सर, बूढी औंलामा सिवाजल गोली,’ कांग्रेस प्रवक्ता शर्माले लेखेका …

पुरा पढ्नुहॊस »

नेपालमा कोरोना : थप १०५ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार २९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएकाकाे संख्या २८८ रहेको छ । …

पुरा पढ्नुहॊस »

बुधवार १५५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पुरा पढ्नुहॊस »

उपत्यकाका तीन जिल्लामा थप एक साता निषेधाज्ञा

काठमाडौँ।उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको   छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँगको  छलफलपछि  निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । काठमाडौँ  उपत्यकाका तीन जिल्लामा  कोरोना भाइरसको संक्रमण बढेपछि  भदौ  ३  देखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरिएको  थियो । त्यसपछि १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन आज  मध्यरातिबाट समाप्त हुदै थियो।

पुरा पढ्नुहॊस »

उपत्यकामा आज थप ३८८ जनामा कोरोना पुष्टि.

आज बुधबार उपत्यकामा थप ३  सय ८८ जनामा कोरोना पुष्टि भएको छ। उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ३५० ,२९  र ९  जना गरि थप ३  सय ८८  जनामा कोरोना संक्रमण भएको हो। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४१  हजार ६ सय ४९  पुगेको छ भने मृत्यु हुनेको संख्या आज  १२  जना सहित २५१  पुगेको छ।

पुरा पढ्नुहॊस »