Tag Archives: feautured

ग्लोबल आइएमई बैंकद्वारा वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटीका विभिन्न स्थानमा करिब २ सय रुखका विरुवा रोपेको छ । कार्यक्रममा का.म.न.पा. वडा नं ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी ,आरती राज्यलक्ष्मी राणालगायत पदाधिकारी, बैंकका अन्य कर्मचारी र …

पुरा पढ्नुहॊस »

भक्तपुरमा एक कर्मचारीसहित १० जनामा भेटियाे डेंगुको संक्रमण

काठमाडौं ।  भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १० जनामा डेंगुको संक्रमण देखिएको छ । अस्पतालमा डेंगुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न आग्रह गरेको छ ।

पुरा पढ्नुहॊस »

देवः विकास बैंकद्धारा विधार्थीलाई सहयोग

काठमाडौं ।   देवः विकास बैकले बाँके जिल्लाको खजुरा गाउँपालिका धिया स्थित पशुपति माध्यामिक विद्यालय र चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत २०० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री राख्नका लागि स्कुल व्याग वितरण गरिएको छ । बैकको यस सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवं सवल नागरिक निर्माणमा सहयोग पुग्ने बैंक विश्वस्त रहेको छ ।

पुरा पढ्नुहॊस »

सिभिल बैंक मर्जरको अन्तिम तयारीमा

काठमाडौं । सिभिल बैंक  मर्जरको तयारी अन्तिम चरणमा पुगेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताएका छन् । नयाँ मौद्रिक नीति आएपछि नयाँ व्यवस्थाभित्र रहेर मर्जरको सम्झौता हुने उनले बताएका छन् । बैंकले आईएसओ २००९ः२०१५ प्रमाणपत्र पाएको अवसरमा विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने-‘हामी मर्जरको अन्तिम तयारीमा छौं । मौद्रिक नीतिमा कस्तो व्यवस्था आउँछ भनेर कुरिरहेका छौं । मौद्रिक नीति आएपछि हामी फ्याट्ट क वर्गको बैंकसँग मर्जरको सहमति गर्छौ ।’ तामाङले …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको सहयोग सप्तरीको जनता मविलाई

काठमाडौं ।  सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको श्री जनता माध्यमिक बिद्यालयलाई कृषि विकास बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यालयको बिभिन्न कक्षा कोठाहरुलाई शैक्षिक बाताबरण अनुकुल हुने गरी मर्मत तथा निर्माण, ६० जोडा डेस्क बेञ्च, १० वटा कक्षा कोठाको सिलिङ्ग लगाउने, २ वटा बाल मैत्रि कक्षा कोठामा कार्पेटिङ्ग गर्ने तथा २ वटा ४३ ईञ्चको एलईडि टेलिभिजन र ३० थान …

पुरा पढ्नुहॊस »

डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन गर्न नेपाल क्लियरिङ हाउस र युकेएडबीच सहकार्य

काठमाडौं । नेपाल क्लियरिङ हाउसले र युकेएडको सक्षम – एक्सेस टु फाइनान्ससँग सहकार्य गरेको छ । क्लियरिङ हाउसले युकेएडको यस कार्यक्रमसँग कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली प्रवर्द्धन गर्न, नेसनल पेमेन्ट इन्टरफेस लागु गर्न तथा सेटलमेन्ट ग्यारेन्टि फन्ट विस्तार गर्न साझेदारी गरेको हो । यससम्बन्धि सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । यो साझेदारीले गर्ने कामले नेपाल भरिका बैंक वित्तिय संस्थालगायत …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकबाट आइएमई लाइफको बीमा सेवा पाइने

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंक  काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले गरिमा विकास बैंकको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको वर्ल्डकप योजना सुरु

काठमाडाैँ । लक्ष्मी बैंकले Ctrl O नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ । F1 Soft सँगको सहकार्यमा सञ्चालित सो योजना अन्तरगत हाल जारी आईसीसी क्रिकेट वर्ल्डकप २०१९को अवधिभर Ctrl O मार्फत बचत खाता खोल्दा ग्राहकहरुले ५०० बराबरको मोबाइल व्यालेन्स प्राप्त गर्न सक्नेछन् । ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्न निवेदन दिन सक्नेछन् । र त्यसलाई आधिकारीकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा …

पुरा पढ्नुहॊस »

गरिमा  विकास बैंकको  शाखा चितवनको  मिलनचोक

काठमाडौं । गरिमा विकास बैंकले भरतपुर नगरपालिका वार्ड नं. २६ मा स्थापित मिलनचोक शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्तरुपमा गरे । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गईरहेको चितवनमा यस विकास बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेत …

पुरा पढ्नुहॊस »