Tag Archives: featured

हर्क साम्पाङको च्यारिटी कन्सर्टमा जुट्यो २८ लाख

काठमाडौं । धरानमा खानेपानी आयोजनालाई रकम जुटाउन नगरप्रमुख हर्क साम्पाङले आयोजना गरेको च्यारिटी कन्सर्टमा २८ लाख रुपैयाँ संकलन भएको छ । ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ नाम दिइएको कन्सर्टमा मंगलबार चर्चित राष्ट्रिय कलाकारले सांगीतक प्रस्तुति दिए । दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, डिल्ली फोम्बो एण्ड द ब्याण्ड, द वाल्किङ क्लाउड ब्याण्ड, एकदेव लिम्बू, रोहित मास्के लगायतले सांगीतिक प्रस्तुति दिए । आयोजक सिल्भर इन्टरटेनमेन्टले पत्रकार सम्मेलनमा कन्सर्टको …

पुरा पढ्नुहॊस »

डाबर वाटिका मिस नेपालका प्रतियोगीहरुले गरे डाबर नेपाल नर्सरी भ्रमण

काठमाडौँ । डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु हिजो बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका थिए । यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्न पाए र साथै यस समस्याहरुलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाए । डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै …

पुरा पढ्नुहॊस »

नेपाल-इटली चेम्बरको उपाध्यक्षमा रुपक राजवंशी

काठमाडौं । नेपाल- इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो बैठकले रिक्त पदमा राजवंशीलाई चयन गरेको हो । उनी लामो समयदेखि शिक्षा क्षेत्रसँग आबद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल हुन् । यसैगरी नेपाल- इटली चेम्बर अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयगत समिति गठन गरेको छ।कार्यसमिति सदस्य किशोर भट्टराईको संयोजकत्वमा संस्कृति, खेलकुद शिक्षा तथा सामाजिक प्रवर्द्धन समिति गठन भएको …

पुरा पढ्नुहॊस »

गुराँस लाइफ इन्स्योरेन्सद्धारा १३ लाखको मृत्यु दाबी भुक्तानी

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहन लाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गरेका …

पुरा पढ्नुहॊस »

ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुरको गैडाकोटमा रहेको मौलाकालिका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट दिने भएको छ । यो योजनाअन्र्तगत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालीका केवलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयासम्म छुटको लागि योग्य हुनेछन् । बैंकले ग्लोबल स्मार्ट प्लस र …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा स्कुल ब्याग वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय झोला वितरण गरेको छ । बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पहुँचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरूको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालद्वारा करिब एक हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै विद्यालय झोला सहयोग गरेको हो । उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा रकम लोड गर्न मिल्ने

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले हस्तान्तरण गर्‍यो १० लाख रुपैयाँ बीमा रकम

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले सवारी दुर्घटनामा परी ज्यान गुमाएका कोहलपुर नगरपालिका ११ का स्व. जय प्रकाश घर्तिको परिवारलाई बीमा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो।दाबी भुक्तानी बापत उक्त रकम उपलब्ध गराएको हो । निजले उक्त बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका कारण उनको परिवारले बीमा दाबी भुक्तानी बापत …

पुरा पढ्नुहॊस »

आज कति पुग्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । सुनको मुल्य नेपाली बजारमा घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ …

पुरा पढ्नुहॊस »

नेपालमा सामसङ ब्रान्डको टेलिभिजन उत्पादन सुरू

काठमाडौं । स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्डहरुका विश्वव्यापी अग्रणी कम्पनीहरु मध्येको एक सामसङले नेपालमा वर्षौ देखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो उदाहरण हो । सामसङको नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण-पश्चिम एशियाका अध्यक्ष एवंम् …

पुरा पढ्नुहॊस »