Tag Archives: featured

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार प्रति तोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भई रहेको सुन आज ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय …

पुरा पढ्नुहॊस »

पोखरामा नेपाल लाइफको सुविधा सम्पन्न भवन

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवन सञ्चालनमा ल्याएको छ । सोमबार एक भव्य कार्यक्रमबीच कम्पनीका संचालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव प्रसाद दाहालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका हुन् । करिव ३,२२० वर्ग फीटमा फैलिएको उक्त भवनको उद्घघाटन समारोहमा …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ९८ पैसा र बिक्री दर १३२ रूपैयाँ ५८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ०९ पैसा र बिक्री दर १४१ रूपैयाँ ७३ पैसा रहेको …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस

काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ। बैंकले ‘एक कर्मचारी, एक विरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिका उन्नत बोट/बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो। बैकले मोरङको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखास्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको वीरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो। बैंकले आयोेजना गरेको यस वृहत वृक्षारोपण कार्यक्रममा बैंकका …

पुरा पढ्नुहॊस »

चिरायु अस्पताल र तीन संगीत संस्थाबीच रोयल्टीको सम्झौता

काठमाडौं । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सोमबार सम्झौता भएको छ । प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबीच अस्पतालमा गीत संगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी संकलनको सम्झौता भएको हो । संगीत …

पुरा पढ्नुहॊस »

सेयर बजारमा किन आयो करेक्सन ?

काठमाडौं । सेयर बजारमा सोमबार करेक्सन आएको छ । अघिल्लो दिन आइतबार करिब ५३ अंकले नेप्से बढेको थियो । बढेको मौकामा ट्रेडरहरुले बेच्ने भएकाले सूचकमा केही दबाब परेको अनुमान गरिएको छ । ट्रेडरहरुले थोरै मार्जिनमा किनबेच गर्ने भएकाले बजरमा त्यसको प्रभाव देखिइहाल्छ । यस दिन नेप्से सूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा अडिएको छ । झन्डै २ अर्ब रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस …

पुरा पढ्नुहॊस »

इप्पानको अध्यक्षका लागि गणेश कार्कीले उमेदवारी दिने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को अध्यक्ष पदको लागि गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनले उपाध्यक्ष र महासचिवका उम्मेदवारसहित अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । कार्की वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । उनको टिममा उपाध्यक्षमा हालका उपाध्यक्ष मोहन कुमार डाँगी र महासचिवमा हालका सचिव बलराम खतिवडाले उमेदवारी दिने घोषणा गरे । इप्पानको २१औँ वार्षिक साधारण जेठ ३२ गते हुनेछ । जेठ ३२ गते बिहान ९ …

पुरा पढ्नुहॊस »

मध्य बानेश्वरमा सामसङले गर्‍यो नयाँ सर्भिस सेन्टरको शुभारम्भ

काठमाडाैंँ । सामसङले हालै मध्य वानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सो उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइ एम एसका सेल्स हेड कैलाश अइयर को समेत उपस्थिती रहेको थियो । सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ रहेको छ । बिक्री पछिको गुणस्तर …

पुरा पढ्नुहॊस »

नेशनल लाईफ इन्स्योरेन्सको ३५ औं वार्षिक साधारणसभा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ३५ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । साधारणसभा सोमबार कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा अध्यक्षले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७८/०७९ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार …

पुरा पढ्नुहॊस »

विश्व वातावरण दिवसको उपलक्ष्यमा सिटिजन्स बैंकले गर्‍यो बृहत वृक्षारोपण

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले सोमबार शान्तिनगर, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिव २५० …

पुरा पढ्नुहॊस »