Tag Archives: featured

स्वरूपराजको ‘धुँवा धुँवा’ सार्वजनिक

काठमाडौँ । अमेरिका । स्वरूपराज आर्चायको स्वर रहेको गीत ‘धुँवा धुँवा’ सार्वजनिक गरिएको छ । कमला न्यौपानेको शब्द, यदिन गजमेरको संगीत, धीरज श्रेष्ठको एरेञ्ज र कृष्ण केआर मर्हजनको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोको निर्माण टिमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरेको हो । सो अवसरमा स्थानीय कलाकार तथा संगीतकर्मीको उपस्थिति रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ । …

पुरा पढ्नुहॊस »

हिमालयन ट्राभल मार्ट काठमाडौँमा

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारखि सुरु भएको मार्ट यही २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार मार्टमा २५ देशका चार सयभन्दा …

पुरा पढ्नुहॊस »

बजाजको ‘नेतृत्वको २५ वर्ष’ क्याम्पेन सम्पन्न

काठमाडाैँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन’ सफलतापूर्वक सम्पन्न गरेको छ। आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७९ को अवसरमा शुभारम्भ गरिएको थियो। अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा विशेष २५ डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, रु.१० हजारसम्मको …

पुरा पढ्नुहॊस »

स्ट्याण्डर्ड चार्टर्डद्वारा ‘ब्लकचेन नलेज सेयरिङ सेसन’

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपाल राष्ट्र बैंकका लागि ‘ब्लकचेन नलेज सेयरिङ सेसन’ आयोजना गरेको छ । डिजिटल ट्रेड फाइनान्स नेटवर्क कन्टुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा डिस्ट्रिब्युसन लेजर टेक्नोलोजी (डिएलटी), यसको प्रयोग र यसले वर्तमान प्रणालीमा देखिने समस्या हटाई ट्रेड फाइनान्समा पुग्ने सहयोगका विषयमा छलफल भएको थियो । डिएलटीले विश्व व्यापारलाई उच्च संगठित सञ्जालमा रूपान्तरण गर्दै दक्षता सुधार गर्न र ट्रेड फाइनान्सिङमा लागत घटाउन सहयोग पुर्‍याउँदै आएको बताइएको छ । यस्ता …

पुरा पढ्नुहॊस »

प्रिमियममा सार्वजनिक सेयर निष्कासन गर्ने आईएमई लाइफ बन्यो पहिलो जीवन बीमा कम्पनी

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ। नेपाल धितो पत्र बोर्डले स्वीकृति दिए सँगै प्रती कित्ता रु २३६.९१ मा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको वेवसाइटमा विवरण पत्र प्रकाशनको लागि स्वीकृति भएको उल्लेख गरिएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल …

पुरा पढ्नुहॊस »

‘हल्ट प्राइज’ मा भाग लिन ५ नेपाली विद्यार्थी अस्ट्रेलिया प्रस्थान

काठमाडाैं । हल्ट प्राइजमा सहभागी हुनका लागि पाँच नेपाली विद्यार्थीको टोली अस्ट्रेलियाको मेलबर्न प्रस्थान गरेको छ । टोली सफ्ट्वेरिका कलेज अफ आईटी एन्ड ई–कमर्शका निर्देशक स्वप्निल विष्टको नेतृत्वमा अस्ट्रेलिया प्रस्थान गरेको हो । टोलीमा विष्टसहित वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी पनि रहेका छन् । कार्यक्रमको लागि सम्पूर्ण यात्राको खर्च कलेजले नै बेहोर्नेछ । ​सफ्ट्वेरिकाले हालै सामाजिक उद्यमशीलतालाई प्राथमिकता दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड …

पुरा पढ्नुहॊस »

मैदा उद्योग संघको अध्यक्षमा दुगड निर्विरोध

काठमाडौँ । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारण सभाबाट कुमुदकुमार दुगड दोस्रोपटक अध्यक्षमा निर्वाचित बनेका छन् । संघको २३औं वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् । सभाबाट प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरुण गोयनका, तृतीय उपाध्यक्ष विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल निर्वाचित भएका छन् । यस्तै, सचिवमा आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सन्जय अग्रवाल, कोषाध्यक्ष विनोदकुमार अग्रवाल लगायत कार्यसमिति सदस्यसहित १७ जनाको नयाँ कार्य …

पुरा पढ्नुहॊस »

टारोको बाइक अब ८० हजार कम मूल्यमा

काठमाडौं । ‘टारो’ बाइकको नेपालका लागि आधिकारीक वितरक ओम मोटोकर्प प्रालिले नेपाली बजारमा उपलब्ध २ मोडलका बाइकको मूल्य घटाएको छ। टारोका दुई मोडल जीपी२ २०० र जीपी१ २५० को मूल्य घटाइएको हो। जीपी२ २०० को मूल्य पहिले रु.५ लाख ५५ हजारबाट घटाएर ४ लाख ७५ हजार रुपैयाँ कायम गरिएको छ। यसमा ८० हजार रुपैयाँ मूल्य कम गरिएको हो। त्यसैगरी जीपी१ २५० को मूल्य ६ लाख ७० हजारबाट ६ लाख कायम …

पुरा पढ्नुहॊस »

थप ११ कम्पनीले पाए धितोपत्र ब्रोकर लाइसेन्स

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति (ब्राेकर लाइसेन्स) दिएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ । बोर्डका अनुसार नविल सेक्युरिटल लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ । त्यस्तै, मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ । त्यसैगरी, एलिट स्टक हाउस लिमिटेड लाजिम्पाट, इन्फिनिटी सेक्युरिटिज लिमिटेड सुन्धारा, इन्डेक्स …

पुरा पढ्नुहॊस »

नेपाल-इटली चेम्बर दिवस मनाइने

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीले जुन ५ तारिखलाई द्विपक्षीय व्यापार बैठक (एनआइसिसिआई) दिवस २०२३ को घोषणा गरेको छ । सो अवसरमा संघले सोमबार पहिलो संस्करणको न्युजलेटर अनावरण गरेको छ । कार्यक्रमले दुई देशबीचको व्यावसायिक सम्बन्ध पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एनआइसिसिआईको प्रतिबद्धता जनाउने बताइएको छ । इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिनुभयो । एनआइसिसिआईका अध्यक्ष सञ्जय …

पुरा पढ्नुहॊस »