Tag Archives: featured

प्रभु बैंकद्वारा नुवाकोटका कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान

काठमाडौं । प्रभु बैंक लिमिटेडले नुवाकोटका किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ। प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच गएको साउन ५ गते युवा तथा महिला उद्यमी र साना किसानहरुलाई शुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो। सो सम्झौता अनुरुप नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लि. को सहकार्यमा बैंकले सहुलियत कर्जा उपलब्ध गराएको हो। नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष …

पुरा पढ्नुहॊस »

प्रभु महालक्ष्मी लाइफको सिइओमा रमेशकुमार भट्टराई

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई नेपाल बिमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही असार २९ गतेबाट हुने निर्णय भइसकेको छ । दुवै कम्पनीको बीचमा ०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र ०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो । दुवै सम्झौतामा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई …

पुरा पढ्नुहॊस »

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा सहारा जोशी

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा सहारा जोशी चयन भएकी छन् । आइतबार सम्पन्न १९ औँ वार्षिक साधारण सभा मार्फत २०८०–८१  का लागि जोशीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । काठमाडौँको र्‍याडिसन होटेलमा सम्पन्न १९औँ वार्षिक साधारण सभा ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएको थियो । “नेसन फर्स्ट” भन्ने नारालाई केन्द्रमा राखेर यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनहरूलाई प्रवर्द्धन गर्नेमा केन्द्रित हुने मञ्चले जनाएको …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकका ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्। दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जीतेन्द्र कारंजित र कामना सेवा विकास बैंककाका तर्फबाट डेपुटी जनरल म्यानेजर हरिप्रसाद लम्सालले हस्ताक्षर गरेका छन्। योसँगै कामना सेवा विकास बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध सेवाहरुमा ‘एक्सक्लुसिभ डिस्काउन्ट’ पाउने ब्लुबर्ड …

पुरा पढ्नुहॊस »

आईएमई पे मार्फत यती एयरलाइन्सको टिकट खरिद गर्दा पाँच सय छुट

काठमाडाैं । ‘आईएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्। सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड ‘color:black;mso-ansi-language:EN-US;mso-fareast-language:EN-US;mso-bidi-language:AR-SA”>MONSOONYT51’ प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ। मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१ गतेसम्म रहने कम्पनीले जनाएको छ।

पुरा पढ्नुहॊस »

पलको प्रश्न- देश छाडौँ कि रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

काठमाडौँ । अभिनेता पल शाहले अदालतबाट सफाइ पाए पनि आफूमाथि बलात्कारीको ट्याग कायमै रहेको भन्दै दुःख व्यक्त गरेका छन् । टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ मा सोमबार साँझ कुरा गर्दै अभिनेता शाहले अहिले पनि आफूलाई हेर्ने समाजको नजर परिवर्तन नभएको गुनासो गरेका हुन् । सामाजिक सञ्जालमा आफूविरुद्ध आक्रमण जारी रहेको जनाउँदै शाहले भने, ‘म बलात्कारी हुँ’ लेखेर हिँड्नु पर्ने हो ?’ कानूनी रूपमा आफूले सफाइ पाए पनि सामाजिक रूपमा जीवन …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकद्वारा दश लाख रुपैयाँ दुर्घटना मृत्यृ बीमा दाबी भुक्तानी

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंकका खातावाला मृतक ईश्वर गुरागाईंको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा उनकी पत्नी बिमला गुरागाईंलाई सो रकम हस्तान्तरण गरिएको हो। बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरुले रकम हस्तान्तरण गरेका थिए। बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई बुटवलको ड्रिम इन्टरनेसनल र दा फ्लामीङगो होटलमा छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकापथ, बुटवलस्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, बुटवलस्थित होटेल दा फ्लामीङगो प्रालिबीच समझदारी भएको छ। सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै …

पुरा पढ्नुहॊस »

सोमबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोही मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ …

पुरा पढ्नुहॊस »

उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेसनहरू पुग्यो ‘बगान’ टोली

काठमाडौँ । असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेसनहरूमध्ये तीन वटा चितवन, बुटवल र पोखरा पुगेको छ । बुधवार हुने ग्राण्ड प्रिमियर इभेन्ट केही दिन अघि अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेत्री करिश्मा मानन्धर, नव अभिनेत्री प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टोली उपत्यका बाहिर निस्किएको थियो । शनिवार सबेरै चितवन पुगेको टोली आइतबार साँझ पोखरा हुँदै काठमाडौँ फर्किन …

पुरा पढ्नुहॊस »