Tag Archives: featured

इंग्ल्यान्डलाई स्तब्ध पार्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं । स्पेनले पहिलो पटक महिला फुटबल विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । स्पेनको जितमा खेलको २९औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलको ६९औं मिनेटमा स्पेनले पाएको पेनाल्टीलाई इङल्याण्डकी गोलकिपरले बचाएकी थिइन् । यसअघि घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा २१.९९ अङ्कको गिरावट

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौ सय ४२ …

पुरा पढ्नुहॊस »

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्दै

काठमाडाैँ ।राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो । उडान तालिकाअनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले साताको दुई दिन बुधबार र …

पुरा पढ्नुहॊस »

रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित

काठमाडाैँ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’को छात्रवृत्ति कार्यक्रमअन्तर्गत ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थी सहभागी भएका थिए र एसईई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिताका साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी छात्रवृत्तिका लागि उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु छनोट गरिएको …

पुरा पढ्नुहॊस »

राजा ल्याऔँ देश बचाऔँ महाअभियान गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । राजसंस्था पक्षधरहरूले सडक आन्दोलन गर्दा सबैभन्दा बढी गुञ्जने नारा हो– ‘राजा आऊ देश बचाउ’ । यही नारालाई केन्द्रमा राखेर एउटा गीतसमेत रेकर्ड भएको छ । राजसंस्थाप्रति झुकाव राख्ने सर्लाहीका गायक योगाज राजनले यो गीत निर्माण गरेर सार्वजनिक गरेका हुन् । युट्युबमा सार्वजनिक भएको गीतमा राजनलाई उनकै छोरी तिलस्मी खड्काले स्वर दिएकी छन् । अहिले देशको दुरावस्थाका कारण राजनीतिक विषयवस्तुको गीत बनाएको राजन बताउँछन् । यो गीतमा शब्द र …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकले विराट मेडिकल सेन्टरमा ५० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले विराट मेडिकल सेन्टरमा ५० प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल र भोटेपुल, धरानस्थित बिराट मेडिकल सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले बिराट मेडिकल सेन्टरका बिभिन्न सेवाहरूमा ५० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण गार्डेन क्याफेमा १० प्रतिशत सम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले अन्नपूर्ण गार्डेन क्याफेमा छुट पाउने भएको छन् । बैंक र क्याफेबीच मर्चेन्ट सम्झौता भएको हो । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकले लेकसाईड,पोखरा स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा आफ्नो १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकले ल्यायो ‘एभरेष्ट फेस्टिभ बोनान्जा’ अफर

काठमाडाैँ । एभरेष्ट बैंकले ‘एभरेष्ट फेस्टिभ बोनान्जा’ अफर सुरुवात गरेको छ। आउँदै गरेको तिज, दशैं, तिहार र छठ पर्वको शुभ अवसरमा बैंकले उक्त अफर ल्याएको बताएको छ। शुक्रबारदेखि लागु हुने यस अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ। बैंकका नायव महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफरअन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरू हुनुका साथै घर निर्माणका लागि १०० प्रतिशतसम्म बैंकले …

पुरा पढ्नुहॊस »

आइतबार सुनको मूल्य घट्यो, चाँदीको कति ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । शुक्रबार १ लाख १० हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन १ लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने स्थिर रहेको । शुक्रबार १ हजार ३ सय ९० रूपैयाँमा …

पुरा पढ्नुहॊस »

सिनर्जी कम्पनीको आजबाट हकप्रद सेयर खुला

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको आज आइतबार भदौ ३ गतेदेखि २४ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर खुला भएको छ। यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । तर पछि समय परिवर्तन गरी भदौ ३ बाट खुला गरेको हो। यसले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गरेको हो। जसअनुसार १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ …

पुरा पढ्नुहॊस »