Tag Archives: featured

माटो ब्राण्डको सातौं स्टोर बूढानिलकण्ठमा

काठमाडौं । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौं स्टोर बूढानिलकण्ठमा खुलेको छ। स्टोरको उद्घाटन बूढानिलकण्ठ महानगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका छन्। बुधबारदेखि सुरू भएको नयाँ स्टोरसँगै माटोका स्टोरको संख्या सात पुगेको छ। स्टोरको उद्घाटनको अवसरमा ग्राहकलाई विशेष छुट दिइएको छ। स्टोरमा अर्ग्यानिक र विषादीरहित उत्पादन पाइन्छ। माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ। आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन …

पुरा पढ्नुहॊस »

सानिमा बैंक र दराजबीच सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज मन्थ्ली पे डे’ योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ। ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा २०८० भदौदेखि २०८१ को साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकद्वारा धुलिखेल अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडाैँ । एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो। बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको छ। बैंकले प्रदान …

पुरा पढ्नुहॊस »

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । मीड सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ बाँडफाँट गरेको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो। कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४८४ जनालाई छनौट गरी १० कित्ताका दरले आइपीओ बाँडफाँट गरेको जनाएको छ। कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको …

पुरा पढ्नुहॊस »

बिहीबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनकाे ६ सय रूपैयाँले बढेकाे छ। बुधबार १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ७० रूपैयाँले बढेकाे छ। बुधबार १ हजार ४ सय २५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज …

पुरा पढ्नुहॊस »

सिटिजन्स लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ ल्याउने

काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीले भदौ १५ गते देखि सर्वसाधारणका लागि आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ । जसमध्ये …

पुरा पढ्नुहॊस »

उजय शाक्य ‘एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्डबाट’ सम्मानित

कामठाडौं । आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’ को सम्मान प्रदान गरिएको छ। उक्त कार्यक्रम गत बिहीबार प्यान प्यासिफिक सिंगापुरमा आयोजना भएको थियो। वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ। शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो। उजय शाक्यले विगत …

पुरा पढ्नुहॊस »

थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई गर्‍यो सेल्स एजेन्टमा नियुक्त

काठमाडौं । कोभिडका कारण तीन वर्षदेखि बन्द रहेको थाइ एयरवेजले नियमित उडान गर्ने भएको छ। थाइले न्यारोबडी ‘ए३२०–२३२’ जहाजमार्फत बैंकक–काठमाडौं दैनिक एक उडानका लागि अनुमति मागिसकेको छ। प्राधिकरणका अनुसार एयरवेजले आगामी कात्तिक १५ (नोभेम्बर १) देखि सातामा सातैवटा उडानका लागि अनुमति मागेको छ। एयरवेजले आगामी नोभेम्बरबाट उडानहरू पुनः सञ्चालन गर्दै तथा नेपालको लागि जेनेरल सेल्स एजेन्टको रूपमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नियुक्त गरेको छ। थाई एयरवेज इन्टरनेशनलका चिफ कमर्सियल अफिसर …

पुरा पढ्नुहॊस »

कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने

काठमाडौं । सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ। मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने भएको हो। बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब-करिब हल उन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिका-१ …

पुरा पढ्नुहॊस »

गैँडाकोटको विकू बचत तथा ऋण सहकारी संस्थाले भित्र्यायो पीओएस मेसिन

काठमाडौं । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पीओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ। उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन्। जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए। ३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पीओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान …

पुरा पढ्नुहॊस »