Tag Archives: featured

एकै दिनमा सुनको भाउ एक हजार बढ्यो

काठमाडौं ।   मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ । तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो । त्यस्तै, तेजावी सुन ६० हजार  ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शाखा स्याङ्गजाको झलुङ्गेमा

काठमाडौँ । कामना सेवा विकास बैंकले  स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नं.१३ स्थित झलुङ्गेमा  ८४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा संचालक बरालले बैंकको संक्षिप्त जानकारी गराउँदै व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी दिए ।

पुरा पढ्नुहॊस »

सिटिजन्स् बैंक र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । प्रभु इन्स्योरेन्स र सिटिजन्स् बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौत पश्चात बैंकका ग्राहकहरुले प्रभु इन्स्योरेन्सको बीमा सेवा पाउने छन् ।

पुरा पढ्नुहॊस »

सिटिजन लाईफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ६७ करोड बढी

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सले ६७ करोड भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको आर्थिक वर्ष ७५-७६ को तेश्रो त्रैमासको वित्तिय विवरणमा ६७ करोड बढी बीमा शुल्क आर्जन गरेको जनाइएको छ । कम्पनीको हाल पूँजी १ अर्ब ७५ करोड रहेको छ । कम्पनीको जगेडा कोषमा २१ करोड ११ लाख रुपैयाँ संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा १६० प्रतिशतले वृद्धि …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा सुनसरीको देवानगञ्जमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगञ्ज गाँउपालिकामा आफनो  शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन  देवानगञ्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले गरिन् ।  समारोहमा इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको उल्लेख्य सहभागिता रहेको थियो । देवानगञ्ज गाँउपालिका वडा नं. २ देवानगञ्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ ।  

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको नाफा घट्यो

काठमाडौं । सेञ्चुरी बैंकको नाफा घटेको छ । अघिल्लो आ. व.को ९ महिनामा कमाएको ६७ करोड १५ लाख रुपैंया नाफाको तुलनामा बैंकको नाफा करिब ९ प्रतिशतले घटेर ६१ करोड ६ लाख रुपैंयामा सीमित भएको हो । कर्जाको आकारमा १०/१० अर्बको सुधार र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधारका बाबजुद सञ्चालन तथा कर्मचारी खर्चमा वृद्धि हुँदा बैंकको नाफा घट्न पुगेको हो ।  

पुरा पढ्नुहॊस »

एन आइसी एशिया बैंकको नाफा १४५ प्रतिशतले बढ्यो

काठमाडाैँ । एनआइसी एशिया बैंकले चालु् आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १४५.४१ प्रतिशत खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यही अवधीमा बैंकको खुद नाफा ९२ करोड ७६ लाख रुपैयाँ रहेको थियो। ९ महिनाको अवधीमा बैंकले खुद नाफा २ अर्व २७ करोड रुपैैयाँ पुर्याएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकको निक्षेप रकम १०.४२ प्रतिशत, कर्जा २२.२४ प्रतिशत, कुल ब्याज आम्दानी १००.५ प्रतिशतले बृद्धि भएको छ। बैंकको चुक्ता पुँजी ८ …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ४२ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ४२ प्रतिशतले बढेको छ। कम्पनीले यस आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म १५ अर्ब ३६ करोड बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा १० अर्ब ७७ करोड आर्जन गरेको थियो। बीमा शुल्क आर्जनसँगै लगानी समेत बढ्दा कम्पनीको नाफा बढेको छ। समीक्षा अवधिमा नाफा ७. २१ प्रतिशतले बढेको छ। कम्पनीले यस आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ४६ करोड ७२ लाख खुद नाफा …

पुरा पढ्नुहॊस »

सनराइज बैंकबाट रिलायबल नेपाल लाईफको बीमा सेवा पाइने

काठमाडौं । सनराइज बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

पुरा पढ्नुहॊस »