Tag Archives: featured

‘मेगा रेमिट’ सेवा अब कुवेतबाट पनि

काठमाडौँ । मेगा बैंकले कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । अल मुल्ला एक्सचेन्जका ८५ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन् । यसका साथै, अलमुल्लाको मोबाइल एपमार्फत पनि नेपालीहरुले …

पुरा पढ्नुहॊस »

एनसीसी बैंकको नयाँ शाखा ढोरफिर्दीमा

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. – ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको छ । ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

गायक दिपक लिम्बूको ‘आँशु झर्यो’ सार्वजनिक

काठमाडौं । गायक दिपक लिम्बूको आवाजमा रहेको ‘आँशु झर्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन रहेको छ भने सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ।

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्स र चरक मेडिकेयर हस्पिटलबीच सम्झौता

काठमाडौं ।  प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिबीच नगदरहित सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर  गरे । सम्झौता पछि  प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

Samsungको आधिकारिक सेवा केन्द्र कालिका मार्ग,दमौलीमा सुरु

काठमाडौं । नेपाल अधिराज्य भरी १६ वटा Samsungका सेवा केन्द्रहरु भएको IMS  केयरले आफ्नो १७ औं सेवा केन्द्र कालिका मार्ग, दमौलीमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन IMS  ग्रुपका Sales Head  राम श्रेष्ठ तथा Service Manger कुनाल गुरुङले गरे । IMS  ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र अल्का अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक र अल्का अस्पताल काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट कार्यकारी निर्देशक विद्याश्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले हस्ताक्षर गरे ।उक्तसम्झौता पछि बैंकका ग्राहकले अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट पाउने छन् एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनैपनि शाखाबाट प्राप्त गर्न सकिने भएको छ । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले देशभर फैलिएका ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

कामना सेवाको ‘कामना सेवा रेमिट’ सेवा शुरु,

काठमाडौँ । कामना सेवाविकास बैंकले  ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् । विविध विशेषताहरु सहित सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको …

पुरा पढ्नुहॊस »

एशियन लाईफ ईन्स्योरेन्स र जानकी फाइनान्सबीच सम्झौता

काठमाडौँ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी  र जानकी फाइनान्स कम्पनीबीच  ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा  ईन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र जानकी फाइनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंहले हस्ताक्षर गरे । सम्झौतापछि जानकी फाइनान्सको सबै शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सकिने भएको छ ।

पुरा पढ्नुहॊस »