Tag Archives: featured

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर पर्सा मालपोत कार्यालयमा

वाणिज्य बैकको एक्सटेन्सन काउन्टर पर्साको वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा संचालनमा आएको छ । शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूँजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने बैंकले जनाएको छ । बैंकका प्रदेश २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।

पुरा पढ्नुहॊस »

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो

काठमाडाैँ । इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि केन्द्रहरु तय गरेको छ। जेठ २६ र २७ गते हुने परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ। ईपीएस कोरिया शाखाका अनुसार आउँदो वर्षका लागि औद्योगिक तथा उत्पादनतर्फ सात हजार ५० जना र कृषितर्फ तीन हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ।

पुरा पढ्नुहॊस »

जुम्लामा सानिमा लाइफ इन्स्योरेन्स

जुम्ला । सानीमा लाइफ इन्स्योरेन्स कम्पन्नीले ४४औं शाखा जुम्लामा विस्तार गरेको छ । एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले ४४ औँ शाखाको उद्घाटन गरेका हुन् । कम्पनीका महाप्रबन्धक शिवराज तिमिल्सिनाको अध्यक्षता तथा जिसस उपप्रमुख कार्मा बुढाको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटनसँगै सेवा सुरु गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले सुरक्षित भविष्यका लागि जीवन बिमा अनिवार्य भन्ने चेतनाको पहुँचमा नागरिक पुग्नुपर्ने बताए । ‘समयको विकाससँगै मानवीय तथा …

पुरा पढ्नुहॊस »

मेटलाईफ नेपालको ग्राहक सेवा केन्द्र उद्घाटन

काठमाडौँ । मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दाले मेटलाईफ नेपालको मुख्य कार्यालय पुल्चोक स्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन व्यवस्थित वान कस्टमर प्लेस (ओसिपि)को उद्घाटन गरेकी छिन् । उक्त अवसरमा रेबेकाले नेपालमा नयाँ बीमा सेवा तथा डिजिटिल अभियान भित्र्याई अग्रणी बीमा कम्पनीको रुपमा मेटलाईफ राम्रो काम गरेको बताइन् । रेवेकासँगै नेपाल, बंगलादेश तथा म्यानमारका चेयरम्यान एम.नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम. अलाउद्दिन अहमदपनि उक्त …

पुरा पढ्नुहॊस »

नेपाल एसबीआईका ग्राहक पैसा झिक्न बैंक जानै नपर्ने, ‘खल्तीबाट हुन्छ भुक्तानी’

काठमाडौँ । नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदीले राजधानीमा एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा हस्ताक्षर गर्न आयोजित समारोहमा नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागर र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंकका ग्राहकलाई बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलमा ५० प्रतिशत सम्मको छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट सम्वन्धि सम्झौता भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा बी. एण्ड सी. मेडिकल कलेज टिचिङ हस्पिटलका जनसम्पर्क अधिकृत प्रोमिश गिरी र बैंकको बिर्तामोड शाखाका शाखा प्रबन्धक पवन कुमार पौडेलले हस्ताक्षर गरेका छन् । ग्लोबल …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा

काठमाडौं । एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । काठमाडौंको टोखा नगरपालिका ६ स्थित शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको २५औँ वार्षिकोत्सवको अवसरमा नागरिक अभिनन्दन कार्यक्रम

काठमाडौं ।देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक २५ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव सफलता पूर्वक सम्पन्न गरेको छ । दरबारमार्ग, काठमाडौँ स्थित बैंकको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो । बैंकका …

पुरा पढ्नुहॊस »

जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा बिशेष छुट

काठमाडौँ । जनता बैंक  र ह्याम्स अस्पताल, धुम्बाराही बिच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र बैंकको ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन् । संझौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै …

पुरा पढ्नुहॊस »

जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा बिशेष छुट

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकको टा«न्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्ने छन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक …

पुरा पढ्नुहॊस »