Tag Archives: featured

नेपाल बङ्गलादेश बैंकले शुक्रबारदेखि दुई अर्बको ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले जेठ १० गते (शुक्रबार)देखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । सो मध्ये ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ भने बाँकी १२ लाख कित्ता(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले जेठ १० गतेदेखि छिटोमा जेठ १४ गतेसम्म र …

पुरा पढ्नुहॊस »

१६ प्रतिशत बोनस पछि प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । बिहीबार प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १६ प्रतिशत बोनस पछि सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३१८.९७ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३६७.४१ रुपैयाँ रहेको छ । मूल्य समायोजन पछि बिहीबारको कारोबारमा बैंकको सेयर मूल्य सामान्य ०.९७ अंकले घटिरहेकाे छ । याे समाचार तयार पर्दासम्म कम्पनीकाे सेयर मूल्य अघिल्लो दिनको तुलनामा  …

पुरा पढ्नुहॊस »

भरतपुर र नेशनल सिटी हस्पिटलमा कामना सेवा विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडाैँ । कामना सेवा विकास बैंकले भरतपुर महानगरपालिका स्थित भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लि. सँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाद्धारा बालगृहलाई सहयोग

काठमाडाैँ । २५ औं वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले लुम्बिनी रोडमा अवस्थित सिद्धार्थ बालगृहमा सहयोग गरेको छ । वार्षिक उत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामान वितरण गरिएको बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले बताए । कार्यक्रममा बोल्दै प्रमख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बालगृहमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले मन्दिरमा पूजा गर्नु भन्दा अभिभावकबिहीन बालबालिकालाई सहयोग …

पुरा पढ्नुहॊस »

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले शुरु गर्यो कनेक्ट आइपीएस सेवा

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले कनेक्ट आइपीएस सेवा शुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवा शुभारम्भ गरेको फाइनान्सले जनाएको छ । डेविट कार्ड, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, सेफ डिपोजिट लकर, डीपी, सीएएसबीए र आईपीएस सेवा प्रदान गर्दै आएकोमा थप सेवाका रुपमा कनेक्ट आईपीएस सेवा सञ्चालन गरेको हो । फाइनान्सले मोबाइल बैंकिङ सेवा पनि शुरु गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौतामा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो सम्झौता पश्चात  बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।  

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा शुरू भएको छ । सम्झौतापश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिट्यान्स, राष्ट्रिय वाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रूपले ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् । यस सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकहरूले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने विश्वास लिइएको छ । गत जेठ ०६ गते एक कार्यक्रमका बीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष …

पुरा पढ्नुहॊस »

कम्युनिटी डेभलपमेन्ट बैंक तिनाउमा मिसिने

काठमाडाैँ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक तिनाउ मिसन डेभलपमेन्टमा मिसिने भएको छ। जसकारण कम्युनिटीको सेयर कारोबार रोक्का भएको छ।तिनाउ मिसन डेभलपमेन्टले कम्युनिटीलाई प्राप्ति गर्ने भएको हो। यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज प्रक्रियामा छन्। यी तीनैको मर्ज तथा एक्वीजिसनपछि तिनाउ मिसन डेभलपमेन्ट बैंक नाम रहने भएको छ। कम्युनिटी र तिनाउको एक्वीजिसन समझदारी पत्रमा तिनाउ विकास बैंकका अध्यक्ष राजेन्द्र प्रसाद ओझा, मिसन डेभलपमेन्टका अध्यक्ष टिकाराम घिमिरे र नेपाल …

पुरा पढ्नुहॊस »

नबिल बैंकबाट लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि र नबिल बैंक लिबीच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिल बैंक लिमिटेडका रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका नबिल बैंक लिमिटेडका शाखाहरु मार्फत लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा बैंकका …

पुरा पढ्नुहॊस »