Tag Archives: शेरबहादुर देउवा

प्रधानमन्त्री र काठमाडौंका मेयर बालेन्द्र शाहबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिकाका प्रमुख शाहसँग छलफल गरेका हुन्। दुई जनाबीचको भेट काठमाडौंको फोहाेर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो। प्रधानमन्त्री देउवाले मेयर शाहलाई फोहाेर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए। स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने बताए ।

पुरा पढ्नुहॊस »

गठबन्धनका उम्मेदवारलाई जिताउने काममा लाग्नुस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको बताए। काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गरे। ‘काठमाडौंमा सिर्जना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेनु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने । …

पुरा पढ्नुहॊस »

रेनु दाहाललाई कुनै पनि शंका नहुने गरी सहयोग गर्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन्। चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले चितवनको भरतपुर महानगरको मेयरमा रेनुलाई शंका नहुनेगरी सहयोग गर्न आग्रह गरेका हुन् । रेनुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुसी भएको उनको भनाइ छ। प्रधानमन्त्रीसमेत रहेका देउवाले रेनुले मेयरमा अहिले नै चुनाव जितिसकेको बताए। आफ्नै पार्टीले बखेडा झिकिरहेको भन्दै उनले …

पुरा पढ्नुहॊस »

काठमाडौंका खाली जग्गा भूमाफियाका कब्जामा : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन्। मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले काठमाडौंका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए। यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने पनि बताए। प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या …

पुरा पढ्नुहॊस »

“सङ्घीयताको जग भएकाले स्थानीय तहले जनताको आकाङ्क्षाअनुसार काम गर्नु पर्छ”

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन्। माेरङकाे सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उनले भने, “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ।” प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए। उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको …

पुरा पढ्नुहॊस »

भौतिक पूर्वाधारबिना देशको विकास असम्भव छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारबिना देशको विकास असम्भव रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन्। निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए। एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे।

पुरा पढ्नुहॊस »

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव भएकाे हाे : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका हुन्। सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे। सहिदले …

पुरा पढ्नुहॊस »

मौलिक नेपाली सभ्यतालाई जीवन्त राख्न सबैकाे भूमिका अपरिहार्य छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन्। राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका हुन्। प्रधानमन्त्री देउवाले ज्यापु समाज धेरै पुरानो संस्कृति भएको समाज भएकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेकोसमेत बताए। उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको …

पुरा पढ्नुहॊस »

दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयको योगदान महत्वपूर्ण छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन्। प्रधानमन्त्री देउवाले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाएको शुभकामना सन्देशमा सो धारणा व्यक्त गरेका हुन्। उनले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्षजनशक्तिको समस्यालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सार्थक र …

पुरा पढ्नुहॊस »

मूल मुद्दाहरुमा समान धारणा बनाउन दलहरूबीच संवाद र सहकार्य आवश्यक छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताएका छन्। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज चितवनमा सम्बोधन गर्दै उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट टुङ्गो लगाउनुपर्ने बताएका हुन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने, “त्यसलाई हामी सबैले स्वीकार गर्ने पद्धति बसाल्नु पर्दछ। नेपाली कांग्रेस पार्टी यिनै मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको छ।” लोकतान्त्रिक संसदीय शासन, पद्धतिको मर्मअनुसार …

पुरा पढ्नुहॊस »