Tag Archives: राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार भेटमा उनीहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीद्वारा निर्धक्क भई मतदान गर्न हार्दिक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गरेकी छिन्। भोलि शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा आज दिएको सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताएकी छिन् । समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रसेवक व्यक्तिहरूलाई विभूषण प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छिन् । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीद्वारा गुह्येश्वरी किनारमा छठीमाताको पूजा

छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गरेकी छिन्। छठी माताको प्रतिमामा पूजा आराधना गरी उनले गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेकी थिइन्। राष्ट्रपति भण्डारीले उद्घाटन गरेसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६७५ छठ घाट अर्थात् पूजास्थलमा जम्मा भएका ब्रतालुले पनि आजै अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन्। चारदिने छठ पर्वको मुख्य …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारी आज मनाङ जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएकी छिन्। अवलोकन भ्रमणका लागि उनी मनाङ जान लागेकी हुन्। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ पुग्ने जानकारी दिए। मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नेछिन्। त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने प्रजिअ आचार्यले जानकारी दिए। जलवायु परिवर्तनका कारण …

पुरा पढ्नुहॊस »

लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएकी छिन्। उनले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजागर गर्दै यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताइन्। रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज महाकरुणा गौतमबुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थलको उन्नयनका लागि विकासका गतिविधि सरल हुनुपर्ने विषयलाई …

पुरा पढ्नुहॊस »

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छिन्। उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत आज बधाई दिएकी हुन्। राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छिन्। बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीद्वारा नवकन्याको पूजा

बडादसैँको नवौँ दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गरेकी छिन्। महानवमीको शुभदिनमा बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले नवकन्या (नौजना कन्या) को पूजा गरेकी हुन्। वैदिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार विजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने गरिन्छ। यसरी पूजा …

पुरा पढ्नुहॊस »

बालप्रतिभालाई प्रस्फुटन गराई जिम्मेवार नागरिक बनाउनु पर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छिन्। राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गरिन्। नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरि बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा प्रतिबद्धता …

पुरा पढ्नुहॊस »