Tag Archives: राष्ट्रपति

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्नेमा राष्ट्रपतिकाे जाेड

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ। विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नु हुँदै उहाँले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो। स्थापित यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन्। उनले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णय अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा ५१३ बन्दीलाई आममाफी

प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५१३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५१३ कैदीबन्दीलाई कैद र सजाय माफी गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५०१ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।

पुरा पढ्नुहॊस »

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार राष्ट्रपतिसँगको भेटवार्ताका लागि प्रधानमन्त्री अपराह्न साढे ४ बजे शितलनिवास पुगेका थिए। उनीहरूबीच करिब १ घण्टा कुराकानी भएको थियो। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताए। पछिल्लो समय कोरोना संक्रमण बढेको विषयमा पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको उनको भनाइ छ। यसअघि आजै विहान प्रधानमन्त्रीसहित सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक समितिको बैठक बसेको थियो।

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा आमाकाे हातबाट विजयादशमीको टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छिन्। राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन्। सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए। सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन्। …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा उपत्यकाका शक्तिपीठको दर्शन र पूजा अर्चना

राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गरेकी छिन्। यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनाका साथै उनीहरुका सुझाव ग्रहण गरिन्। महाअष्टमी पर्व विशेषरूपमा शक्तिस्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रूपमा लिइन्छ। राष्ट्रपति भण्डारीले अपरान्ह ४ः३० बजे नक्सालस्थित नक्साल भगवती मन्दिरमा पुगेर काठमाडौँस्थिति देवी मन्दिरको दर्शनारम्भ गरेकी थिइन्। सो अवसरमा मन्दिरमा उपस्थित पूजारी, उनीहरुका परिवार र सर्वसाधारणलाई …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा काभ्रेकाे पलाञ्चोक भगवतीको दर्शन र पूजा अर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छिन्। पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन्। उनी बिहान १०ः३० बजे मन्दिर पुगेकी थिइन्। उनी राष्ट्रपति भएपछि यस मन्दिरमा गरेको पूजाअर्चना यो तेस्रो पटक हो। राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ। राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगरप्रमुख भीम न्यौपाने, धुलिखेल …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्याे

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छिन्। राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो। नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन्। सभामुख अग्निप्रसाद सापकोटाले आजै सो विधेयक प्रमाणित गरि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए। विनियोजन विधेयक पारित नहुँदा मुलुक ‘बजेट होलिडे’मा परेको थियो। प्रतिनिधिसभाले असोज ४ गते विनियोजन …

पुरा पढ्नुहॊस »