Tag Archives: मैत्रीपूर्ण फुटबल

नेपाल र इन्डोनेसियाबीचकाे मैत्रीपूर्ण फुटबल आज

नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ। नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम र इन्डोनेसियाको यू-२३ टिमबीच ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा साँझ ५:४५ बजे खेल हुने तालिका छ। एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनोटमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्। नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ।

पुरा पढ्नुहॊस »

मैत्रीपूर्ण फुटबलः भारत र नेपालबीचको खेल बराबरी

भारत र नेपालबीच आज भएको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका अन्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाए पनि खेल १-१ गोलको बराबरीमा रोकिएको हो। दशरथ रंगशालामा भएको पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाएका थिए। भारतका डिफेण्डर र गोलकिपर समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरे। भारतका अनिरुद्ध थापाले दोस्रो हाफको ६१ मिनेटमा गोल फर्काए । जसले खेललाई बराबरी गर्न …

पुरा पढ्नुहॊस »

मैत्रीपूर्ण फुटबलः भारतविरुद्ध नेपालको अग्रता, ३६ औं मिनेटमा अन्जनले गरे गोल

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा अन्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका छन्। दशरथ रंगशालामा जारी पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाएका हुन्। भारतका डिफेण्डर र गोलकिपर समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन्। खेल अहिले पनि जारी छ।

पुरा पढ्नुहॊस »