Tag Archives: माधव नेपाल

गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनावसम्मै रहन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् । अध्यक्ष नेपालले आगामी मंशिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताएका हुन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भईरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे। गठबन्धनभित्र …

पुरा पढ्नुहॊस »

माधव नेपालकाे मुद्दा फेरि ‘हेर्न नभ्याइने’ सूचीमा

सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि ‘हेर्न नभ्याइने’ सूचीमा परेकाे छ। सुनुवाइका लागि रिटकाे पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियाे। यसअघि १० चैत २०७८ मा पनि रिटकाे सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएकाे थियाे। नेपालले एमाले वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा रिट दायर गरेका हुन्। अन्य रिट निवेदकहरू भने भीम रावल, सुरेन्द्र पाण्डे र …

पुरा पढ्नुहॊस »

बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागी उम्मेदवारी दिने उम्मेदवारलाई कारबाही गर्न आग्रह गरेका छन्। पाँचदलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरूका विरूद्धमा बागी उम्मेदवारी दिएकाहरूलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने बताएका हुन्। ‘बागी उम्मेदवार दिनेलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छ। कारबाही गरिएन भने गठबन्धनभित्र अविश्वास पैदा हुन्छ। गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ,’ अध्यक्ष नेपालले भने। बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही नगरे गठबन्धनभित्र अविश्वास पैदा हुने बताए । गठबन्धन नभएको ठाउँमा आ-आफ्नो पार्टीका उम्मेदवारलाई …

पुरा पढ्नुहॊस »

०७४ सालकाे चुनावी हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट गरिन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन्। समाजवादी प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताए। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ …

पुरा पढ्नुहॊस »

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन्। समाजवादी प्रेस सङ्गठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘वीन वीन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताए। अध्यक्ष नेपालले भने, “यो सहमतिले जनता पनि उत्साहित भएका छन्।” उनले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार …

पुरा पढ्नुहॊस »

माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्न नमिल्नेमा

माधव नेपालसहितका १४ सांसदमाथि एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको मुद्दा हेर्न नमिल्नेमा परेको छ। ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिटमार्फत ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरिएको र …

पुरा पढ्नुहॊस »

गठबन्धन टुटाउने प्रयास भइरहेको छ तर सम्भव छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन् । बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका हुन् । उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिष्पर्धा गर्ने बताए । अध्यक्ष नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा …

पुरा पढ्नुहॊस »

सामाजिक रुपान्तरणका लागि एकीकृत समाजवादीमा प्रष्ट दृष्टिकोण छ–माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्र निर्माण तथा जनताको सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीसँग प्रष्ट दृष्टिकोण रहेकाले देशभर पार्टीप्रति आकर्षण बढ्दै गएको बताएका छन्। पार्टी निकट बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनमा उनले विज्ञान र प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। मानव संशाधन विकासका लागि बुद्धिजीवी वर्गको ठूलो भूमिका रहने विचार व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पूर्वाधार विकास, पर्यटन, जलविद्युत र …

पुरा पढ्नुहॊस »

गिनिज बुकमा नाम लेखाउने हो भने गफाडी नम्बर-१ मा केपी ओली पर्छन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी नम्बर एकको संज्ञा दिएका छन्। आइतबार राजधानीमा समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आराेप लगाएका हुन्। अध्यक्ष नेपालले एमालेमा बसेकाहरू अहिले पछुताइरहेको जिकिर गर्दै भने ‘केपी ओली गुटमा बसेकाहरु अहिले पछुताइरहेका छन् । गिनिज बुकमा नाम लेख्ने हो भने गफाडी नम्बर एक केपी ओली हुन् । पानीजहाजदेखि पाइपबाट ग्यास …

पुरा पढ्नुहॊस »

नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन्। पार्टीको वाग्मती प्रदेश कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे। पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए। देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको …

पुरा पढ्नुहॊस »