Tag Archives: प्रतिनिधिसभा

प्रतिनिधिसभाको बैठकमा एमालेकाे अवराेध कायम

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भए लगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् । आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।

पुरा पढ्नुहॊस »

आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ। त्यस्तै भोलि बिहान साढे ११ बजे संघीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ।

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाकाे बैठक आज बस्दै, यस्ताे छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे। संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी आज पनि जारी

प्रतिनिधिसभा बैठक सुरु भएकाे छ। दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक दुई घन्टा ढिला गरि ३ बजे सुरु भएकाे हाे । बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन्। आजकाे बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि छलफलकाे कार्यसूची छ।

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्‍यो

शुक्रबारका लागि बोलाएको प्रतिनिधिसभाको बैठक आइतबार बस्ने गरि सारिएको छ। सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्र बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो। कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरि सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। बिहीबारका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियाे।

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्यो

प्रतिनिधिसभाको बैठक फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ। सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिए। फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गरेको सूचनामा उल्लेख …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा बैठक स्थगित, माघ १६ गते बस्ने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी माघ १६ गते बोलाइएको छ। यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो। संघीय संसदका महासचिव डा.भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरि प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन्। सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ। कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ। त्यसैले संघीय संसद् बैठक …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठक माघ ३ गते बस्ने

प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ। पछिल्लो पटक पुस २८ का लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको छ। संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै ३ माघका लागि सारेको जानकारी दिएको छ। ‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन …

पुरा पढ्नुहॊस »

भाेलिका लागि तय प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बिहीबार बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ। भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) बमोजिम प्रतिनिधिसभाको अर्को बैठक पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ।

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएकाे हाे। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटै मात्रै कार्यसूची रहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ।

पुरा पढ्नुहॊस »