Tag Archives: कोरोना संक्रमित

२० जना कोरोना संक्रमित थपिए

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ सय २९ पिसिआर परिक्षणका क्रममा ९ जना र ८ सय ५५ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

नेपालमा थपिए ४६ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको हो । ८३५ जनामा गरिएको पीसीआर परीक्षणमा ४२ जना र ६७५ जनामा गरिएको एन्टीजेन परीक्षणमा चार जनामा संक्रमण देखिएको छ। सो समयवधिमा १७ जना कोरोनामुक्त भएका छन् । योसँगै मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७३६ पुगेको छ ।

पुरा पढ्नुहॊस »

नेपालमा थप १९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १६२ जनाको पीसीआर र १ हजार २९१ जनाको एन्टीजेन गरि ३ हजार ४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआरबाट ११ र एन्टीजेनबाट ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना …

पुरा पढ्नुहॊस »

१७ जना कोरोना संक्रमित थपिँदा, ११ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप १७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट ८ जनामा गरि १७ जनामा कोरोना पुष्टि भएको हो। आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ७ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज कसैकाे पनि मृत्यु भएकाे छैन । एक दिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेहरूकाे संख्या ८१ हजार ९१२ रहेकाे छ।

पुरा पढ्नुहॊस »

शनिबार १८ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ९४७ नमुना परीक्षण गर्दा १८ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ४८ हजार ७८० रहेको छ।

पुरा पढ्नुहॊस »

४ जना कोरोना संक्रमित थपिए, ८७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७४० नमूना परीक्षण गर्दा ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा ८७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २० हजार ८२८ रहेको …

पुरा पढ्नुहॊस »

नेपालमा थप ३ सय ६५ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ३ सय ६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ …

पुरा पढ्नुहॊस »

आज १ हजार २३९ कोरोना संक्रमित थपिए, १ हजार ३२४ जना निको भए

नेपालमा आज १ हजार २३९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २९८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८८ हजार ७६९ जना र एन्टीजेन परीक्षणबाट ८९ …

पुरा पढ्नुहॊस »

नेपालमा आज १ हजार ६६ संक्रमित थपिए, १ हजार २३४ जना निको भए

नेपालमा आज १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २३४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८३ हजार ९१० जना र एन्टीजेन परीक्षणबाट ८८ …

पुरा पढ्नुहॊस »

भारतमा एकै दिन थपिए २४ हजार ४७९ कोरोना संक्रमित

भारतमा थप २४ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८८ हजार २१ पुगेको छ। भारतमा ३ लाख ६८ हजार १२७ जना संक्रिय संक्रमित छन्। यस्तै यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ। पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार २४७ पुगेको छ ।

पुरा पढ्नुहॊस »