Tag Archives: कमल थापा

कमल थापा भन्छन्, ‘नेपालको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्छ’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्ने बताएका छन्। बुधबार राप्रपा नेपालले हेटौंडामा आयोजना गरेको वर्तमान चुनौती र विकल्प विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विदेशबाट आउने रेमिट्यान्स अलिकति मात्रै पनि घटिबढी भएमा देशको अर्थतन्त्र धरासायी हुने बताएका हुन् । ‘ठूला ठूला बिल्डिङहरू बनिरहेका छन्, तर ती बिल्डिङहरूमा भाडा तिरेर बस्न सक्ने क्षमतामा ह्रास भइरहेको छ,’ उनले भने ‘अहिले लखपति र करोडपति भएकाहरू पनि …

पुरा पढ्नुहॊस »

देशमा बाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेर गएको बताएका छन्। पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको र भ्रष्टाचार डरलाग्दो रुपमा अनियन्त्रित ढंगले बढेको बताएका हुन्। बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेकी थिइन् भने स्थानीय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचनसम्बन्धी पार्टीको घोषणा पत्रका विषयमा …

पुरा पढ्नुहॊस »

विगतका त्रुटि र कमजोरी सच्याउँदै अघि बढ्छाैं : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन्। राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बताए। विगतमा ठूलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्विकारेका उनले नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल भइरहेको आरोप लगाए। बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा …

पुरा पढ्नुहॊस »

राजसंस्था पुनर्स्थापना हाम्रो पार्टीको एजेण्डा होइन : कमल थापा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाएका हुन् । उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाइ थियो । त्यसमा अवसरमा अध्यक्ष थापाले पार्टीमा मनोनित …

पुरा पढ्नुहॊस »

देशको मागअनुसार राप्रपा नेपालकाे स्थापना भएको हाे : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन्। काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए। सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्त्रिक शक्तिका रुपमा रहने पनि बताए। यस्तै उनले राष्ट्रवादी, सनतात धर्म र साँस्कृतिप्रति कटिबद्ध शक्तिका रुपमासमेत राप्रपाले आफूलाई ढाल्ने बताए । सोही कार्यक्रममा उनले भने, ‘नेपाली जनताको ठूला चाहना छैनन् । उनीहरूको चाहना भनेको दुई …

पुरा पढ्नुहॊस »

कमल थापाले भोलि नयाँ पार्टी घोषणा गर्ने

कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दैछन् । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उनले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका छन्। अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँँच वर्षको अलमलपछि आफ्नो घर (राप्रपा नेपाल) फर्किएको बताए। राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले भने, …

पुरा पढ्नुहॊस »

कमल थापाद्वारा पार्टी परित्यागको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्। अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेका हुन्। थापाले यसकाे जानकारी सामाजिक संजाल मार्फत दिएका छन्। आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पुरा पढ्नुहॊस »

कमल थापा पक्षको छुट्टै भेला

राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ। चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन्। महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ।

पुरा पढ्नुहॊस »

चार वर्षपछि युवालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु: कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले आफूलाई एक कार्यकालको मौका दिन आग्रह गरेका छन् । भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब चार वर्ष आफूलाई नेतृत्व गर्ने मौका दिन आग्रह गरेका हुन्। यस चार वर्षमा पार्टीलाई उचाइमा पुर्याएर युवालाई नेतृत्व हस्तान्तरण गर्ने थापाको भनाइ छ। अध्यक्षका उम्मेद्वारसमेत रहेका थापाले आफूहरुबाट कुनै कमिकमजोरी भए पनि भ्रष्टाचार गरेको भन्ने आरोप कसैले लगाउन नसक्ने बताए । थापालाई चुनौती दिँदै राजेन्द्र लिङ्देन …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीश हटाउन दलहरूको कार्यालयमा प्रदर्शन गर्न कमल थापाकाे सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउन आन्दोलनरत कानुन व्यवसायीलाई वैधानिक बाटो अपनाउन सुझाव दिएका छन्। थापाले वैधानिक बाटो महाभियोग भएको र त्यसबाट हटाउन दलहरु कहाँ जान सुझाव दिएका हुन्। उनले अदालतमा होइन पार्टी कार्यालयमा प्रदर्शन गरेर दबाब बढाउन आग्रह गरेका छन्। ‘प्रधानन्यायधीशविरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रधानन्यायाधीश हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो। महाभियोग लगाउने दलले हो,’ उनले भनेका छन्, ‘अधिकांश वकिलहरु …

पुरा पढ्नुहॊस »