Tag Archives: एमाले

स्थानीय तह निर्वाचनमा पार्टीको सिट घटेकोबारे एमालेले समीक्षा गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभए पनि सिट घटेको भन्दै त्यसको समीक्षा हुने जनाएको छ। आइतबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतमा एमाले ठूलो भएको भए पनि नेतृत्वमा भने विगतको भन्दा कमजोर नतिजा आएको बताए। त्यस विषयमा समीक्षा हुने उनको भनाइ थियो। पार्टीमा अन्तर्घात भएका विषयमा वडादेखि देशभर सम्बन्धित कमिटीमा समीक्षा हुने बताए। केही स्थानमा भने उम्मेदवारी चयन लगायतका विषय …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेश : एमालेले २९ पालिकामा प्रमुख र उपप्रमुख टुंग्यायो

नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ। केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन। मनाङ र मुस्ताङको सबै पालिकाले उम्मेदवार पाइसकेका छन्। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्षमा रिन्जिन गुरुङ र उपाध्यक्षमा दिकी गुरुङलाई टिकट दिएको छ भने लो घेकर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट र छिरिङ ल्हामो गुरुङले उपाध्यक्षको टिकट पाएका छन् । विष्टलाई अध्यक्षमा दोहोर्याउन लागिएको हो भने गुरुङ जिल्ला समन्वय …

पुरा पढ्नुहॊस »

एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव

एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिकरूपमा सुझाव माग गरेको छ। पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो। एमालेले अहिले प्रतिबद्धतापत्र निर्माण गरिरहेको छ। यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो। एमालेले [email protected] मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ। प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले चैत १६ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो …

पुरा पढ्नुहॊस »

संगठित सदस्य ८ लाख ५५ हजार पुगेकाे एमालेको दाबी

एमाले अध्यक्ष केपी ओलीले संगठित सदस्यको संख्या तीन गुणा बढेको दाबी गरेका छन्। कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गरेका हुन्। ‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको तुलनामा पार्टी सदस्यता विस्तार र नवीकरण झन्डै तीन गुणा बढेर आठ लाख ५५ हजार पुग्यो,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।

पुरा पढ्नुहॊस »

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन्। बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको …

पुरा पढ्नुहॊस »

७० प्रतिशत स्थानीय तहमा जित्ने गरि एमाले चुनावमा जाने

एमाले आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरि चुनावमा जाने भएको छ। संघीय संसद् भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरि निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिएका प्रमुख सचेतक भट्टराईले एकाध स्थानमा एकाध पार्टीसँग तालमेल …

पुरा पढ्नुहॊस »

दल दर्ताका लागि एमाले आयोग जाँदै

नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ। वैशाख ३० मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमाले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो। महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो।

पुरा पढ्नुहॊस »

एमालेले आज पनि संसद् अवरोध गर्ने

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ। बैठक दिउँसाे १ बजे बस्दैछ। एमालेले निस्काशन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद् अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ।’ सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था …

पुरा पढ्नुहॊस »

एमालेका नेताहरूबीच स्थानीय तहको निर्वाचनबारे छलफल

एमाले केन्द्रीय कार्यालय थापाथलीमा शीर्ष नेताहरूकाे बैठक बसिरहेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हाे। बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, पद्मा अर्याल र छविलाल विश्वकर्मा सहभागी छन्। बैठकमा स्थानीय तहको निर्वाचनको मितिबारे छलफल हुने एजेन्डा छ।  

पुरा पढ्नुहॊस »

एमालेले चयन गर्याे ६३ जिल्लामा नयाँ नेतृत्व

नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने जानकारी दिएको छ। एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ। धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु …

पुरा पढ्नुहॊस »