Tag Archives: एकीकृत समाजवादी

जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने भनिएको प्रशिक्षण स्थगित

सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ। समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो। एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए । एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरुलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

पुरा पढ्नुहॊस »

गठबन्धनका उम्मेदवारलाई जिताउन एकीकृत समाजवादीले सबै शक्ति केन्द्रीत गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रीत गर्ने भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले महानगरपालिकादेखि वडा तहसम्म गठबन्धनका साथै पार्टीकातर्फबाट एकल उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन भूमिका निर्वाह गर्ने निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए। गठबन्धन नभएका र एकल उम्मेदवार नभएका स्थानमा गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिम समयसम्म प्रयत्न गर्ने बैठकले निर्णय गरेको छ …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको छ । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीका जनप्रतिनिधिलाई पहिलेकै ठाउँ दिने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तो छ मोडालिटी महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने। …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ। पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक भाेलिदेखि काठमाडौँमा बस्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ। बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिने नेत्री दिलु पन्तले जानकारी दिइन्। बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । बैठकमा आगामी निर्वाचनसम्म …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी नगर्ने

एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन। एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय भए पनि सांसदहरूलाई विपक्षमा मतदान गर्न अहिले नै ह्विप जारी नगर्ने बताएका हुन्। पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारले संसदमा टेबुल गरेको एमसीसीलाई सांसदहरूले छलफलपछि निष्कर्ष निकालेर निर्णय लिन पाउने बताए । …

पुरा पढ्नुहॊस »

गठबन्धन दलहरुलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन एकीकृत समाजवादीकाे आव्हान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गठबन्धनमा सामेल सबै दलहरुलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आव्हान गरेको छ। केन्द्रीय सचिवालयको १३ औं बैठकले गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्णरुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको निष्कर्ष निकालेको हो। बैठकले सरकारले वैशाख ३० गते एकैचरणमा सम्पन्न गर्नेगरि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ। त्यसैगरी निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीद्वारा ठूला सभा स्थगित गर्न निर्देशन

नेकपा एकीकृत समाजवादीले पार्टीका ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएकाे छ। सोमबार पार्टी अध्यक्ष माधव कुमार नेपालले एक विज्ञप्ति जारी गर्दै धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिएका हुन् । उनले आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गरेका छन्। ने‍ता नेपालले चार बुँदे अनुरोध गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै र तोकिएका उमेर समूहकालाई खोप लगाउन आग्रह पनि गरेका छन् । अध्यक्ष …

पुरा पढ्नुहॊस »

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो। अहिले एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले सम्बोधन गरिरहेका छन्। उनले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए।

पुरा पढ्नुहॊस »